fbpx




कार्तिक २१, नेपालनीति

माओवादी नेता कृष्ण बहादुर महरा आफु रोल्पाबाट चुनाब लड्न चाहन्थे। तर रोल्पाबाट अर्का नेता वर्षमान पुन चुनाव लड्ने भएपछी महरा दाङ झर्नुपर्यो। दाङबाट चुनाब लड्ने भएपनि महरा रोल्पालीसंगै छु भन्ने देखाउने दाङमा आफ्नो चुनाबी अभियान जारी रहेकै बेला रोल्पामा एक टेक्निकल कलेजको उद्घाटन कार्यक्रमको निउ पारी रोल्पा पुगे र भने मैले रोल्पा छाडेको छैन। म दाङबाट चुनाव लडेपनि रोल्पा छाडेको छैन। यहीं छु। मलाई यहीं भएको सम्झनुहोस। महारा रोल्पा नगरपालिका-१ का स्थायीबासी हुन्। उनले पटक पटक म यहीं भएको ठान्नुहोस, म यहींको विकासमा क्रियाशिल छु। चुनाब उताबाट लड्ने कुराले केही फरक पर्दैन भने। उनले आफु दाङबाट चुनाब लड्नु बाध्यता भएको भाव व्यक्त गरे। कान्तिपुर बाट।

 

तपाईंको प्रतिकृयाहरू