fbpx




बारा, कात्तिक २२ (नेपालनीति)- नेकपा एमालेका तर्फबाट कलैया उमहानगरपालिका १९ मा निर्वाचित वडा अध्यक्ष लतिफ मिया ठकुराई नेपाली काँग्रेस प्रवेश गरेका छन् ।

बारा क्षेत्र नं ३ बाट नेपाली काँग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार पार्टी केन्द्रीय सदस्य एवं वर्तमान श्रममन्त्री फरमुल्लाह मन्सुरले ठकुराई लगायत सोही वडा कै वडा अध्यक्षका अर्का उम्मेदवार रहेका रामनारायण साह तेली, माओवादीका नेता गनी मिया ठकुराई, राजपाका श्रीराम पाण्डेयसहित विभिन्न पार्टी परित्याग गरेका सात सय जना भन्दा बढीलाई नेपाली कांग्रेसमा प्रवेश गराएका छन् ।

यसैगरी, बारा क्षेत्र नं ३ (ख) का स्वतन्त्र उमेदवार किसुन यादव पनि नेपाली कांग्रेस प्रवेश गरेका छन् । उनी नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गर्दै नेपाली कांग्रेस प्रवेश गरेका हुन् ।

भर्खरै निर्वाचित वडाध्यक्षसहित प्रदेश सभाका उम्मेदवार नै नेपाली कांग्रेस प्रवेश गर्नुले बारा क्षेत्र नं ३ मा नेपाली कांग्रेसका उम्मेदवार मन्सुरको स्थिति अत्यन्तै मजबुत बनेको छ । अत्यन्तै राम्रो छवि भएका र नेपाली कांग्रेसमा पनि प्रभावशाली नेताका रूपमा स्थापित मन्सुरको विकल्प बारा क्षेत्र नं ३ मा नरहेको स्थानीय मतदाताहरूले नेपालनीतिसँग बताए ।

बारा क्षेत्र नं ३ मा मन्सुरसहित अन्य १० जना उम्मेदवार प्रतिनिधि सभाको चुनावी मैदानमा रहेका छन् ।

तपाईंको प्रतिकृयाहरू