fbpx




कार्तिक २२, नेपालनीति, काठमाडौं।

कांग्रेसको आन्तरिक सर्वेक्षणले सयभन्दा बढी सिटमा जित हुने देखाएको छ । ६० स्थानमा जित सुनिश्चित रहेको र मिहिनेत गर्दा थप ५० स्थानमा पनि जितिने सर्वेक्षणले देखाएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । ‘प्रत्यक्षतर्फ कम्तीमा सय स्थानमा जित्ने देखिएको छ,’ तथ्यांक संकलन समितिका संयोजकसमेत रहेका मुख्यसचिव पौडेलले भने, ‘६० स्थानमा जित पक्का रहेको र बाँकी ५० स्थानमा प्रयास गरे जित्न सक्ने देखिएको छ ।’ १६५ क्षेत्रमध्ये कांग्रेसले राप्रपा र राप्रपा प्रजातान्त्रिकसँग चार–चार तथा नयाँ शक्ति र संघीय समाजवादी फोरमसँग एक–एक स्थानमा तालमेल गरेको छ ।

त्यस्तै एमालेले उम्मेदवारी दिएका मध्ये ९० प्रतिशत स्थानमा जित्ने बताएको छ । ९६ स्थानमा उम्मेदवारी दिएको एमालेको दाबी सही भएमा उसले ८७ सिट जित्नेछ । पार्टी केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले उम्मेदवारी दिएका स्थानको ९० प्रतिशत जित्ने गरी रणनीति बनाएर पार्टी अघि बढिरहेको बताए । ‘प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ९० प्रतिशत स्थानमा हाम्रो पक्षमा नतिजा आउँछ,’ श्रेष्ठले भने, ‘हामी त्यसभन्दा बढी कसरी जितिन्छ भन्ने रणनीति बनाउन व्यस्त छौँ ।’ वाम गठबन्धनका माओवादीले ६२ स्थान उम्मेदवारी दिएको छ भने सात स्थान साना दल र स्वतन्त्रले लिएका छन् । नयाँ पत्रिकाबाट।

तपाईंको प्रतिकृयाहरू