fbpx




काठमाडौं, कात्तिक २३ (नेपालनीति)- नेकपा एमालेका अध्यक्ष केपी ओलीले काठमाडौं क्षेत्र नं ४ का एमाले उम्मेदवार राजन भट्टराईलाई भावी परराष्ट्रमन्त्री भएको बताएका छन् ।

एमालेका उम्मेदवार राजन भट्टराई युवा र अन्तर्राष्ट्रिय सम्बन्धको विज्ञ भएकाले सामान्य सांसदमात्र बनाउन पार्टीले टिकट नदिएको काठमाडौंमा भएको एउटा कार्यक्रममा अध्यक्ष ओलीले बताए । ‘राजन भट्टराईलाई तपाईंहरुले चुनाव जिताएपछि चाबहिलबाट संसद, संसदबाट चाबहिल फर्किनमात्र टिकट दिएको होइन,’ ओलीले भने, ‘उहाँ विदेश मामिलाको प्रखर विज्ञ हुनुहन्छ, माधव नेपाल प्रधानमन्त्री हुँदा विदेश मामिला सल्लाहकार बन्नुभयो, मेरो पालामा त विदेश नीति नै बनाउनुभयो, अब बुझ्नुस् उहाँको भूमिका अबको सरकारमा के हुन्छ ।’

तपाईंको प्रतिकृयाहरू