fbpx




गुल्मी, कात्तिक २३ (नेपालनीति)- गुल्मी निर्वाचन क्षेत्र नं. २ का नेपाली कांग्रेसको नेता तथा प्रतिनिधि सभाका उम्मेदवार चन्द्र के.सी. को चुनावी अभियान सुरु भएको छ ।

बुधबार रेसुङ्गा नगरपालीका वडा नं. ३ बाट सुरु भएको अभियानका क्रममा नेकपा एमाले परित्याग गरी तिलक बहादुर के.सी. लगायत १० एमाले कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । अभियान कार्यक्रममा स्थानीय कार्यकर्ता भेटघाट तथा चुनावी प्रचार प्रसारलाई अति तीब्र रुपमा अगाडी बढाउने उम्मेदवार के.सी.ले बताएका छन् ।

प्रतिनिधि सभा उम्मेदवार चन्द्र के.सी. प्रदेश सभा (क) का उम्मेदवार शालीक पन्थी, पार्टी जिल्ला सभापति भुवन प्रसाद श्रेष्ठ, सचिव खिलध्वज पन्थी, सचिव विष्ष्णु सापकोटा, पूर्व क्षेत्रीय सभापति दामोदर भुसाल, क्षेत्रीय सभापति भगत खड्का, क्षेत्रीय सचिव पुर्ण बहादुर के.सी. नेबिसंघ नेता रोशन सिंह ठकुरी तथा बिक्रम पन्थी सहितको टोली प्रचार अभियानमा लागेको छ । बुधबार उनिहरुले देबिस्थान, पेगा, ठुलापोखरा, तोलादी, आरुपाटा, झेंदी, लगायतका स्थानमा घरदैलो कार्यक्रम सम्पन्न गरेका थिए ।

घरदैलो अभियानको क्रममा मतदाताले खानेपानी, मोटरबाटो, विद्यालयका समस्याहरुको सम्बोधनका विषयमा उम्मेदवारहरुसँग माग राखेका थिए भने उम्मेदवारहरुले आफ्ना भावी योजनाहरुसँगै ती विषयमा समाधान गर्ने कुरा बताएका थिए । कार्यक्रमको अवसरमा बोल्दै उम्मेदवारहरु के.सी. र पन्थीले समृद्ध गुल्मी निर्माणको लागी आफ्नो उम्मेदवारी भएको बताए । उनीहरुले जिल्लालाई विकासमा नमुना बनाउने उद्देश्य, योजना र कार्यनीति सहित आफूहरु चुनावमा होमिएको कारण जनताको मत पाउने विश्वास गरेका छन् । मतदातालाई मतद्वारा जिम्मेवारी प्रदान गर्न आग्रह गर्दै विजयपछि आफूहरुले जनताको मत खेर गएको अनुभुती हुन नदिने बताएका छन् ।

तपाईंको प्रतिकृयाहरू