fbpx




चितवन, काठमाडौं २४ (नेपालनीति)- नेकपा माओवादी (केन्द्र) का अध्यक्ष एवं वाम गठबन्धनका तर्फबाट चितवन क्षेत्र नं ३  का उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चितवनबाटै आफूले राजनीति सुरु गरेकाले जनताले आफूलाई मत दिएर विजयी गराउने विश्वास व्यक्त गरेका छन् ।

भरतपुर महानगरपालिकाको वडा नं ९ मा आयोजना भएको चुनावी घरदैलो अभियानका क्रममा बोल्दै प्रचण्डले चितवनका मतदाताले आफूमाथि न्याय गर्ने बताएका छन् । समाजवादतर्फ देश अगाडि बढाउनका लागि पनि शान्तिपूर्ण प्रतिस्पर्धाबाट आधारशीला खडा गर्न आफूले चितवन रोजको बताएका छन् ।

७० वर्षदेखि रहेको अल्पकालीन सरकारको रोग हटाउनका लागि पनि वाम गठबन्धन बनाएको प्रचण्डले बताए । चितवनमा वामपन्थीको विजय विकासको लहर ल्याउनु भएको पनि प्रचण्डले बताए । चितवन र समग्र राष्ट्रको विकास गर्नका लागि अबको दशक आफूले बिताउने पनि प्रचण्डले बताए ।

 

तपाईंको प्रतिकृयाहरू