fbpx




सल्लेरी, कात्तिक २४ (नेपालनीति)- सोलुखुम्बुको सोताङमा नेपाली कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ । झडपमा परी दुवैतर्फका आधा दर्जन भन्दा बढी घाइते भएका छन् ।

घाइते हुनेमा सोलुखुम्बु कांग्रेसका कोषाध्यक्ष पेमा तामाङ र माओवादी नेता दिलबहादुर नेपाली बढी घाइते भएको बताइएको छ । सोलुखुम्बुबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार कांग्रेस नेता बलबहादुर केसीले माओवादी कार्यकर्ताहरुले आफूहरुलाई लखेटेर आक्रमण गरेको तर प्रहरीले नजोगाएको आरोप लगाए । उनले भने,‘हामी गाउँको कार्यक्रममा जान आफ्नो बाटो हिँडिरहेका थियौं । उनीहरु ढुंगामुढा गर्दै आए तर प्रहरीले रोकेन । शान्ति सुरक्षा अत्यन्त कमजोर छ ।’ केसीका अनुसार गुदेलकाृ कार्यक्रमबाट फर्किएर सोताङ ५ मा बास बसेको घरमा पनि गएराति माओवादी कार्यकर्ताहरुले आक्रमण गरेका थिए ।

उता, माओवादी नेता कज्र्याङ तामाङले भने कांग्रेस नेता केसी र प्रदेशसभा उम्मदेवार प्रकाशसिंह कार्कीसहितको टोलीले माओवादीको झण्डा र पर्चा च्यात्न थालेपछि प्रतिकार गरेको बताए ।

तपाईंको प्रतिकृयाहरू