fbpx




काठमाडौँ,  कात्तिक २४  रासस-   पूर्व राष्ट्रपति डा रामवरण यादव राष्ट्रपति विद्यादेवी भण्डारी द्धारा जन आन्दोलन स्वर्ण पदक,२०७४ बाट विभूषित भएका  छन ।

सर्वमान्य नेता स्व गणेशमान सिंहको १०३औँ जन्मजयन्तीको अवसरमा गणेशमान सिंह तथा जनआन्दोलन शहीद स्मृति शान्ति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको समारोहमा यादब लाई अभिनन्दनसहित सो पदकबाट विभूषित गरिएको हो ।शान्ति प्रक्रियाका विभिन्न चरणमा पु¥याएको योगदान र राष्ट्रपतिको हैसियतले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी गर्न निर्वाह गर्नुभएको भूमिकाका लाागि डा। यादवलाई अभिनन्दन गरिएको हो ।

समारोहमा राष्ट्रपति भण्डारीले हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा उत्साह देखिए झैँ आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई पनि गएउटा ऐतिहासिक उत्सवकै रूपमा लिएर सहभागी हुन आमजनतासँग र यादबले संविधानले निर्दिष्ट गरेका विभिन्न तहका निर्वाचन समयमै सम्पन्न गर्न राजनीतिक दलहरूबाट देखाइएको कटिबद्धताको सराहना गर्दै स्वस्थ प्रतिस्पर्धाका लागि दलहरुमा देखिएको अग्रसरताप्रति खुशी व्यक्त गरे।

राष्ट्रपति भण्डारीले सबै निर्वाचनले राजनीतिक स्थायित्व र परिपक्वता कायम गरी हालसम्म प्राप्त उपलब्धिलाई सुदृढ गर्ने र मुलुकलाई सामाजिक र आर्थिक रूपान्तरणको दिशामा अघि बढ्न मार्ग प्रशस्त गर्ने विश्वास पनि व्यक्त गरिन ।

तपाईंको प्रतिकृयाहरू