fbpx




रूकुम, कात्तिक २४ (नेपालनीति)- नेकपा माओवादी केन्द्रका नेता एवं बाम गठबन्धनको तर्फबाट रूकुम (पश्चिम) का प्रतिनिधि सभा सदस्यका उम्मेदवार विना विभागीय मन्त्री जनार्दन शर्मा र उनको प्रचार टोलीलाई लक्षित गरी चौरजहारी नगरपालिका–८, को गोइरीमा २ वटा बम प्रहार गरिएको छ ।

चौरजहारी उपत्यकाको चुनावी सभा, घेरदैलो र भेटघाट सकेर सानीभेरी गाउँपालिकाको सिम्ली आउँदै गरेको प्रचार टोली माथी सडकमाथिबाट बम प्रहार भएको हो ।

सबैभन्दा अगाडिको गाडीलाई छोडेर उम्मेदवार शर्मा चढेको गाडीलाई नै लक्षित गरी बम प्रहार भएको थियो । शर्मा चढेको गाडीको अघिल्तिर परेको एउटा बम पड्केन भने अर्को पड्केको थियो ।

पड्केको पनि धुलोमा परेका कारण धेरैअसर गरेन । ‘बम फालिएको सडक धुलाम्य थियो, फालिएको एउटा पड्केन, पड्केको पनि धुलोमा परेका कारण खासै असर गरेन’ प्रचार टोलीका एक सदस्यले बताए । बम प्रहार कसले र किन गर्यो भन्ने बारेमा अन्सन्धान भइरहेको रूकुम प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृयाहरू