fbpx




रोल्पा, कात्तिक २५- रोल्पा जिल्लाको माडीगाउँपालिका– १ स्थिति भिट्टाबाङमा माओवादी नेता वर्षमान पुन चढेको गाडीमा एम्बुस बिस्फोट भएको छ । नेत्र विक्रम चन्द ‘विप्लव’का कार्यकर्ताले बाटोमा ओछ्याएको माइन विस्फोट भएको दाबी पुनले गरेका छन् ।

विस्फोटका कारण गाडीमा समान्य क्षति पुगेको छ । विस्फोट लगत्तै बाटो छेउमा लुकेर बसेका विप्लवका कार्याकर्ताले वाम गठबन्धनका उम्मेवारलाई लक्षित गरी फायरिङ गरेका थिए । उम्मदेवारको सुरक्षामा स्कटिङमा रहेको टोलीले जवाफी फायरिङ गरेपछि आक्रमणकारी भागेको बताइएको छ ।

वर्षमान पुनसमेत चढेको गाडीमा माओवादीकी समानुपातिक उम्क्मदेवार जयपुरी घर्ती पनि थिइन् । गाडीमा रोल्पा २ का माओवादी प्रत्यक्ष उम्मेदवार दीपेन्द्र पुन पनि रहेका थिए ।

एमालेका पोलिटब्यूरो सदस्य गोकुल घर्ती र एमालेबाट प्रदेशसभाका समानुपातिक उम्मेदवार ईश्वरी घर्ती एउटै टाेलीमा भए पनि छुट्टै गाडीमा थिए ।

विस्फोटनको घटनालगत्तै प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले माओवादी नेता पुनलाई टेलिफोन गरेर घटनाको स्थितिबारे सोधेका थिए । शुक्रबार मात्रै रुकुममा पनि माओवादी उम्मदेवार जनार्दन शर्मालाई लक्षित गरेर विप्लवका कार्यकर्ताले बम प्रहार गरेका थिए ।

तपाईंको प्रतिकृयाहरू