fbpx




कार्तिक २५, नेपालनीति

काठमाडौं निर्वाचन क्षेत्र न. १ का विवेकशील साझाबाट प्रतिनिधिसभाका उम्मेदवार रवीन्द्र मिश्रले आफुले कहिल्यै नेपाललाई भारतमा गाभ्नुपर्छ भन्ने बहस नचलाएको बताएका छन्। राजधानीको वानेश्वरमा आयोजित “रवीन्द्र मिश्रसंग सवाल जवाफ” नामक अन्तर्क्रिया कार्यक्रममा एक प्रश्नकर्ताले तपाईं विविसी नेपाली सेवामा कुनै बेला नेपाललाई भारतमा गाभ्दा कस्तो होला भन्ने बहस चलाउन खोज्नुभएको रहेछ नि, यस्तो अबस्थामा हामीले तपाईंमाथी विश्वास गर्ने आधार के? भन्ने प्रश्नमा रवीन्द्र मिश्रले मैले त्यस्तो अभिव्तक्ति कहिल्लै नदिएको तर त्रिभुवन विश्वविद्यालयका केही प्राध्यापकले आरोप लगाएको, त्यसमा कुनै सत्यता नभएको बताएका छन्। नेपाललाई त्यस्तो पनि मैले भन्न सक्छु होला र? तपाईं आफै भन्नु त भन्दै प्रश्न दर्शक सामु तेर्साए।

एक अर्को प्रसङ्गमा मैले कसैलाई हराउन नभई आफु जित्ने र देश बनाउने संकल्पसाथ उम्मेदवारी दिएको भन्दै हालका राजनीतिक दलहरुले परिवर्तनको लडाईं लडेको तर अव विकास र समृद्धिको लडाइँ लड्न नसक्ने दावि गरे। राजनितीक दलहरुले परिवर्तन गर्यौं भन्दै सधैं त्यसको व्याज खाईरहन पाईन्न अब हामी विकासको लडाई लड्छौं मिश्रले बताए। कार्यक्रममा विकेकशील साझाको घोषणापत्र माथि पनि छलफल र बहस चलेको थियो।

तपाईंको प्रतिकृयाहरू