fbpx




राजविराज २६, कार्तिक, नेपालनीति

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवं सप्तरी क्षेत्र न. २ का प्रतिनिधि सभा उम्मेदवार उपेन्द्र यादवले आज औपचारिक रुपमा ‘संयुक्त प्रचार अभियान’ को शुभारम्भ गरेका छन्। कार्यकर्ताको बाक्लो उपस्थितिको बिच प्रचार अभियान सुरु गरेका उपेन्द्र यादवले आफ्नो जित नै मधेसी जनताको जित भएको बताए।

राजविराजको मलेठमा प्रहरीको गोलिले ज्यान गुमाएका ५ जना शहीदको समाधि र तस्बीरमाथि फूलमाला अर्पण गर्दै प्रचार अभियानको सुरुवात गरे । यादवले शहीदलाई सम्मान र स्मरण गर्दै पहिचान र अधिकार प्राप्तिको लागि ज्यानको आहुति दिएका शहीदहरुको सपना पूरा हुने विश्वास ब्यक्त गरेका छन्।

तस्बिर: महेश चौरासियाको वालबाट

तपाईंको प्रतिकृयाहरू