fbpx




लमजुङ, कात्तिक २६ (नेपालनीति)- चुनावको मिति नजिकिँदै गर्दा विभिन्न पार्टीका कार्यकर्ताहरु आफ्नो पार्टी छोड्दै विचार मिल्ने पार्टीको छाताभित्र समेटिने क्रम बढेको छ । यसैक्रममा पछिल्लो वाम गठवन्धनको चर्चा जति छ त्यति नै सो गठवन्धनसँग वैचारिक एवं कार्यगत रुपमा सहमति जनाउँदै पार्टी प्रवेश गर्ने क्रम पनि बढिरहेको छ ।

यसैबीच वाम गठबन्धनबाट ह्याभीवेट उम्मेदवार रहेको लमजुङको निर्वाचन क्षेत्र न। १ अन्तर्गत प्रदेश सभा ९२० मा पर्ने मध्यनेपाल नगरपालिका चण्डेगाँउ, जिता–१ मा पनि नेपाली कांग्रेसका एक स्थानीय नेतासहित सयौं कार्यकर्ता कांग्रेस परित्याग गर्दै वाम गठबन्धनमा प्रवेश गरेका छन् । कांग्रेस नेता कुल बहादुर थापाको नेतृत्वमा रामकृष्ण थापा, मान बहादुर थापा, राम भुजेल, डम्बर बहादुर थापा, शंकर बहादुर दवाडी, लक्ष्मि थापा, सबिता पराजुली, जित बहादुर थापा, राधा भुजेल, तारादेवी थापा, उदय बहादुर थापा, गोपाल भुजेल लगायत सयौं कार्यकर्ता वाम गठबन्धनमा प्रवेश गरेको माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका सचिवालय सदस्य कमल खड्काले नेपालनीतिसँग बताए । त्यसैगरी मध्यनेपाल नगरपालिका वडा नं ७ करापुटार, रामबजारका रा।प्र।पा नेता दिल बहादुर गुरुङको नेतृत्वमा पनि दर्जनौं राप्रपा कार्यकर्ता वाम गठबन्धनमा प्रवेश गरेका छन् ।

त्यसैगरी मध्यनेपाल नगरपालिका, भोर्लेटार, बाङ्ग्रे वडा नं ९ का कांग्रेस नेता कृष्ण बहादुर गुरुङ एवं उमा खबासको नेतृत्वमा रणबहादुर खवास, चन्द्र बहादुर गुरुङ, गन्जुमाया गुरुङ, मन्जु गुरुङ, अमित गुरुङ, सुमन गुरुङ, भुवन गुरुङ, बिबा गुरुङ र युबराज गुरुङ सहित सयौं कार्यकर्ता नेपाली कांग्रेस परित्याग गरी वाम गठबन्धनमा प्रवेश गरेका छन् । पार्टी प्रवेश गरेका सबैलाई ने।क।पा। माओवादी ९केन्द्र०का वरिष्ठ नेता एवं लमजुङ प्रतिनिधिसभाका उम्मेद्वार देब प्रसाद गुरुङले अबिर लगाइदिएर तथा ने।क।पा। एमालेका केन्द्रिय सचिव, लमजुङ प्रदेश सभा क्षेत्र नम्बर २ का उम्मेदवार एवं प्रदेश नम्बर ४ का मुख्य मन्त्रीका उम्मेदवार पृथ्वी सुब्बा गुरुङले माला र खादा लगाएर स्वागत गरेका थिए । पार्टी प्रवेशपछि बिष्णु बहादुर थापाले लमजुङमा वाम गठवन्धनलाई जिताउन आफू र आफ्ना समर्थकहरु लागि पर्ने बताए । संयुक्त घरदैलो अभियानको क्रममा अखिल ९क्रान्तिकारी० का केन्द्रिय नेता तथा लमजुङ जिल्ला इन्चार्ज कमल खड्काले काँग्रेस, नयाँ शक्ति र रा।प्र।पा।का नेता एवं कार्यकर्ताको प्रवेशले वाम नेतृत्वको गठबन्धन अझ फराकिलो अन्तरले जित्ने बताए ।

नव प्रवेशी तथा उम्मेदवारहरुले सबै नेता कार्यकर्ता र समर्थकलाई चुनावसम्म विश्राम नलिइ चुनाव खट्न आग्रह गर्दै प्रतिनिधि सभाका निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार देव प्रसाद गुरुङलाई गोलाकार भित्रको हँसिया हतौडामा र प्रदेश सभाको निर्वाचनमा लमजुङ क्षेत्र नम्बर १ र २ मा क्रमशः धनन्जय दवाडी र पृथ्वी सुब्बा गुरुङ लाई सुर्य चिह्नमा मतदान गरेर संयुक्त वाम गठबन्धनका कार्यकर्तालाई विजयी गराउन खड्काले आग्रह गरे ।

तपाईंको प्रतिकृयाहरू