fbpx




काठमाडौं, कात्तिक २६ , नेपालनीति।

क्रिकेट क्षेत्रमा सधैं चर्चामा आउने नेपाली क्रिकेट टिमले एेतिहासिक सफलता प्राप्य गरेको छ। मलेशियामा जारी एसिसी अन्डर-१९ एशिया कप क्रिकेटमा नेपालले भारतविरुद्ध ऐतिहासिक जीत हासिल गरेको छ। कप्तान दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शनले नेपालले भारतलाई १९ रनले पराजित गर्दै शानदार विजयी हासिल गर्यो।

कप्तान ऐरीले उत्कृष्ट ब्याटिङ गर्दै ८८ रन बनाए। बलिङतर्फ पनि ४ विकेट लिएका थिए। भारतले पाएको १८६ रनको लक्ष्य पछ्याउने क्रममा ४८ दशमलव १ ओभरमा १ सय ६६ रन बनाउँदा अलआउट भएको थियो।

भारतका लागि हिमांशु रानाले सर्वाधिक ४६ रन बनाएका थिए। मञ्जित कालराले ३५, अभिषेक शर्माले २७ रन बनाएका थिए। त्यस्तै नेपाली बलर दीपेन्द्रसिंह ऐरीले ४, पवन सर्राफ र शबाव आलमले २-२ विकेट लिएका थिए। सन्दीप लामिछाने र कमलसिंह ऐरीले एक-एक विकेट लिएका थिए।

यसअघि भारतले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङ गरिरहेको नेपालले पूरा ५० ओभर खेल्दै ८ विकेट गुमाएर १ सय ८५ रन बनाएको हो। नेपालका कप्तान दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट ब्याटिङ गर्दै १ सय १ बलमा ८८ रन बनाएर आउट भएका थिए। दीपेन्द्रले आफ्नो इनिङमा २ छक्का र ६ चौका प्रहार गरेका थिए।

तपाईंको प्रतिकृयाहरू