fbpx




 

लमजुङ, २४ कात्तिक, नेपालनीति

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओबदि(केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लमजुङ आउने तय भएको छ ।

लमजुङ सदरमुकाम बेसीसहरमा आयोजना गरिएको सभालाई सम्बोधन गर्न उनीहरु कात्तिक २९ गते बुधबार बेसीशहर आउन लागेका हुन् । संयुक्त बाम गठबन्धन संयुक्त निर्वाचन कमिटी लमजुङले बुधबार बेसीशहरको फुलबारी मञ्चमा संयुक्त सभाको आयोजना गरेको छ ।

सभालाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका साथै एमाले अध्यक्ष केपि ओली, लमजुङका प्रतिनिधिसभा उम्मेदवार एवं माओवादीका स्थायी समिति सदस्य देव प्रसाद गुरुङ, एमालेका केन्द्रीय सचिव एवं लमजुङ २ का प्रदेश सभा उम्मेदवार पृथ्वीसुब्बा गुरुङ,एमालेका लमजुङ इन्चार्ज मायानाथ अधिकारी, लमजुङ प्रदेश १ का उम्मेदवार धनञ्जय दवाडी, नेकपा माओबादी (केन्द्र)का लमजुङ ईन्चार्ज पारषमणी पौडेल लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

सभामा बाम-गठबन्धनले पचास हजार बिशाल जन-सहभागिता रहने गरी तयारी थालिएको नेकपा माओबादी (केन्द्र)का लमजुङ ईन्चार्ज पारषमणी पौडेल एबम नेकपा एमाले लमजुङका ईन्चार्ज मायानाथ अधिकारिले नेपालनितिलाई जानकारी दिए ।

 

 

तपाईंको प्रतिकृयाहरू