fbpx




नवलपरासी , कात्तिक २६ (नेपालनीति)- नेपाली कांग्रेसका नेता एवंम् नवलपरासी ९ बर्दघाट सुस्ता ० पश्चिम निर्वाचन क्षेत्र नं। २ प्रतिनिधी सभा सदस्यका उम्मेदवार देवेन्द्रराज कँडेल – (मुन्ना बाबु ) ले यस क्षेत्रको चौतर्फी विकासको अजेन्डा अघि सारेर आफ्नो उम्मेदवार बनेको स्पष्ट पारेका छन् ।

आज आफ्नो निर्वाचन क्षेत्रको प्रचार प्रसारको क्रममा पाल्हीनन्दन गाउँपालिकामा आयोजित चुनावी प्रचार प्रसार अन्तर्गत घरदैलो अभियानमा मतदातासँग मत माग्दै नेता कँडेलले आफ्नो योजना सार्वजनिक गरेका हुन् ।

सो क्रममा नेता कँडेलले संविधानको प्रभावकारी कार्यान्वयन सँगै यस क्षेत्रको भैतिक पुर्वाधार निमार्ण , सडक शिक्षा , स्वास्थ्य , खानेपानीलगायतका विकासका एजेण्डा सहित जनताको माझ आएको कँडेलले दावी गरे । पटक पटक गृह राज्यमन्त्रीको भूमिकामा रहँदा यस क्षेत्रमा कँडेलले गर्दै आएको कामको उचित मुल्याकंन गर्दै यस पटक समेत कँडेललाई जनताको काम अवसर दिने सो क्रममा मतदाताहरुले कँडेललाई प्रतिबद्धता जनाएका थिए । नेपाली कांग्रेसको केन्द्रिय प्रचार प्रसार समितिले गरेको अध्ययन प्रतिवेदनमा नवलपरासी – (बर्दघाट सुस्ता) पूर्व निर्वाचन क्षेत्र नं। १ बाट कांग्रेसका महामन्त्री डा। शशांक कोइराला र नवलपरासी – (बर्दघाट सुस्ता ) पश्चिम निर्वाचन क्षेत्र नं २ मा कँडेलले प्रतिनिधि सभा सदस्यतर्फ कांग्रेसले चुनाव जित्ने ठोकुवा गरिसकेको छ ।

पछिल्लो पटक नेता कँडेल घरदैलोमा जाँदासमेत मतदाताले कँडेललाई भव्यरुपमा स्वागत गर्दै आएका छन् । अधिकाशं मतदातको चाहाना नेता कँडेललाई भेटेर आफ्नो समस्या राख्ने योजनामा छन् । कँडेलले अहिले मतदातालाई भेटर आफू जनताको सुख दुखमा साथ दिने प्रतिबद्धता जनाएपछि मतदाताले कँडेलको सुनिश्चित भएको निष्कर्ष निकालेका छन् । देशैभर निर्वाचनको माहोल तातिरहँदा नवलपरासीमा समेत ‘मुन्ना बाबु’ को चर्चा चलेको हो ।‘ मुन्ना बाबु यसपाली’ – यो नारा कँडेलको निर्वाचन क्षेत्रमा सर्वत्र गुन्जिएको छ । लामो समय राजनीति गरेर स्थानीय रुपमा गरेको विकास र राजनीतिक चरित्रले कँडेललाई उनको क्षेत्रका जनताले माया गरेर दिएको उपनाम हो ‘मुन्ना बाबु’ । यसपटक भने जिताएर पठाउने प्रणका साथ चुनावी अभियानमा होमिएको स्थानीय मतदाताहरु बताउँछन् ।

‘सामाजिक क्षेत्रमा समेत अग्रणी योगदान दिईरहेका कँडेलको ख्यातीकै कारण ‘मुन्ना बाबु’ भन्दै जनताले प्रिय नेताका रुपमा चिन्छन्’ स्थानीय मतदाताले पत्रकारहरुलाई भने ‘हाम्रो नेता नै मुन्ना बाबु हो, अरु को उठिरहेको छ चिन्दा पनि चिन्दैनौं ।’ दिवंगत दाजु भाउजुका नाममा कँडेलले नवलपरासीमा खोलेको आँखा अस्पताल प्रख्यात छ ।

दुई पटक सम्म गृहराज्यमन्त्री बनेर गरेको कामले सर्वत्र चिनिएका उनी कांग्रेस नवलपरासीका पूर्व सभापति समेत हुन् भने हाल पार्टीका केन्द्रिय सदस्य हुन् । कांगेस केन्द्रीय सदस्य कँडेलको राजनीतिक विरासत पुस्तौँ पुस्ताको छ । उनकी हजुरआमा बीपी कोईरालाको पालामा संसदीय समितिको एक मात्र महिला सांसद हुन् । कँडेलका बाबु पृथ्वी राज कँडेल समेत पूर्व सांसद हुन् ।

हाल सुस्ता पश्चिम नवलपरासी प्रतिनिधि सभा २ मा उनको उम्मेदवारी रहेको छ। उक्त क्षेत्र बाट प्रदेश २ क बाट युवा नेता गुणनिधि तिवारी र २ ख बाट अर्का युवा नेता बैजनाथ जैसवाल उम्मेदवार छन् ।

‘जनताको मनसँग भिजेका नेताको रुपमा चिनिएका कंडेललाई कांग्रेस र राष्ट्रिय राजनीतिमा नै सम्भावना बोकेका ‘लामो दौड’ का युवा नेताका रुपमा चिनिन्छ’ अर्का मतदाता भन्छन् ‘मुन्ना बाबु नै हो यसपाली ।

 

तपाईंको प्रतिकृयाहरू