fbpx




सूर्य खनाल

गुल्मी, कात्तिक २७ (नेपालनीति)- गुल्मी क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसको चुनावी रौनक तात्न थालेको छ । नेपाली कांग्रेसको तर्फबाट प्रदेश सभाका उम्मेदवार छन्द बहादुर पहराइको टोलीले आइतबार मालीका गाउँपालिकाको छापहिलेको हिले सागबारी ,सारकटेरी बिसौना र जमलपोखरामा प्रचार प्रसार कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा नेपाली कांग्रेस छापहिले गाउँ कार्य समिति सभापति रेखा कुमार जिसि, त्यस्तै नेपाली कांग्रेसका नेता महेन्द्र भण्डारी, प्रेम भण्डारी, सीता अर्याल, ने.बि.संघका जिल्ला सभापति सुर्दशन खनाल लगायतको उपस्थितिमा सम्पन्न कार्यक्रममा उम्मेदवार पहराईले यो बाम गठबन्धनले भेनेजुएला र क्युवा लगायतका कम्युनिष्ट देशका जनताको जस्तो दयनीय स्थिति आउन सक्ने खतरा बढेको बताए । यसकारण यस्तो जोखिमबाट हाम्रो देशलाई जोगाउनका लागि नेपाली कांग्रेसमा मतदान गर्नुको विकल्प नरहेको समेत नेता पहराईले जिकिर गरे । ‘मैले कांग्रेसबाट टिकट लिएको भएपनि म साझा उम्मेदवार हो यसकारण मेरो संकल्प यहाँका जनताको स्तर उकास्नु हो,’ पहराईले बताए ।

तपाईंको प्रतिकृयाहरू