fbpx




काठमाडौं, कात्तिक २७ (नेपालनीति)- नेपाल विद्यार्थी संघ काठमाडौं क्षेत्र नं ५ ले आज चुनावी अभियान सफल बनाउन वृहत् भेला सम्पन्न गरेको छ ।

क्षेत्र नं ५ बाट नेपाली कांग्रेसका प्रतिनिधि सभा उम्मेदवार डाक्टर प्रकाश शरण महत प्रमुख अतिथि रहेको कार्यक्रममा प्रदेश सभा तर्फका दुवै उम्मेदवार रमा गुरागाईं र रमेश खड्कासमेतको उपस्थिति रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि महतले आफू पनि विद्यार्थी राजनीतिबाटै संघर्ष गर्दै आएको हुनाले सम्पूर्ण नेविसंघका नेता कार्यकर्तालाई नेपाली कांग्रेसका उम्मेदवारलाई सहयोग गर्न आग्रह गरे ।

कांग्रेसको जितले मात्र देशमा स्थायीत्व कायम गर्दै समृद्धिको बाटोमा अभि बढ्न सकिने बाउँदै उनले काठमाडौं क्षेत्र नं ५ मा आफू काम गर्न आतुर रहेको बताए । कार्यक्रमकी संयोजक नेविसंघ नेत्री कृष्णकुमारी बस्नेतले यस क्षेत्रमा कांग्रेसले महिलालाई प्रदेश सभा प्रत्यक्षतर्फ टिकट दिएर समावेशी समाज निर्माणमा जोड दिएको उल्लेख गर्दै कांग्रेसको जितलाई कसैले रोक्न नसक्ने बताइन् ।

तपाईंको प्रतिकृयाहरू