fbpx




लन्डन, कात्तिक २८ (बिबिसी)- बेलायती प्रधानमन्त्री थेरेसा मेले रुसमाथि हालसम्मै सबैभन्दा कडा प्रतिक्रिया दिँदै निर्वाचनमा रुसले हस्तक्षेप गरेको र साइबर अपराध गरेको आरोप लगाएकी छिन् ।

बेलायतको राजधानी लन्डनमा आयोजना भएको लर्ड मेयरको भोजमा प्रधानमन्त्री भ्लादिमिर पुटिनको सरकारले स्वतन्त्र समाजलाई कमजोर पार्न प्रयास गरेको आरोप लगाएकी छिन् । ‘उनीहरुले पश्चिममा मतभेद सिर्जना गर्न गलत कहानी छरिरहेका छन्,’ मेले बताइन् । बेलायतले रुससँग कहिले अन्त्य नहुने खालको वादविवाद नचाहे पनि देशको राष्ट्रिय स्वार्थ भने जोगाउने उनले बताइन् । मेको यस्तो भनाइ गत साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइको ठिक विपरित कोणबाट आएको छ । गत साता अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रुसको संलग्नता स्वीकार नगरेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको भनाइप्रति आफूलाई विश्वास लागेको बताएका थिए ।
बेलायती प्रधानमन्त्री मेले रुसप्रति यस्तो आरोप लगाउँदै गर्दा बेलायतका विदेश सचिवले आगामी महिना रुसको भ्रमण गर्ने तालिका सार्वजनिक भएको छ ।

लन्डनस्थित म्यानसियन हाउसमा विदेशनीति सम्बन्धी एउटा महत्वपूर्ण मन्तव्य राख्दै प्रधानमन्त्री मेले आफूले रुसी राष्ट्रपतिलाई साधारण सन्देश दिएको बताइन् । उनले पुटिनलाई फरक बाटो चुन्न सुझाव दिँदै भनिन् रुसले पछिल्ला केही वर्षभित्र गरेका कार्यको निन्दासमेत गरिन् । उनले मस्कोले क्रिमियालाई गाभेको, युक्रेनमा द्वन्द सिर्जना गरेको र युरोपभर भएका सरकारी र संसदीय निर्वाचनमा साइबर हमला गरेको आरोपसमेत लगाइन् । रुस नियम अनुसार चले पश्चिमा राष्ट्रका महत्वपूर्ण साझेदार हुनसक्ने मेको भनाइ थियो ।
‘रुसले निरन्तर युरोपका विभिन्न देशका राष्ट्रिय हवाईमार्गको दुरुपयो गरिरहेको छ र युरोपभर साइबर हमला तथा अवरोध गरिहेको छ । जसमा निर्वाचनका बेला हस्तक्षे गर्नेदेखि डेनमार्कको रक्षा मन्त्रालयको विवरण ह्याक गर्ने समेत रहेका छन्,’ मेलाई उल्लेख गर्र्दै बिबिसीले जनाएको छ ।

 

तपाईंको प्रतिकृयाहरू