fbpx




सिमरा, कात्तिक २८ (नेपालनीति)– नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं नेपाल सरकारका श्रम तथा रोजगार मन्त्री फरमुल्लाह मन्सुरले कम्युनिस्टको अधिनायकबाट मुलुक बचाउन नेपाली काँग्रेसलाई मतदान गर्न आग्रह गरेका छन् ।

श्रम तथा रोजगार मन्त्री फरमुल्लाह मन्सुर

नेपाली कांग्रेस जीतपुरसिमरा उपमहानगरपालिका २ ले मंगलबार बाराको सिमरामा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री मन्सुरले वाम गठबन्धनले बहुमत प्राप्त गरे संविधानलाई कुण्ठित पारेर एकदलीय कम्युनिस्ट शासन लाद्ने भएकाले सजग बन्न मतदातालाई आग्रह गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका नेता एवं पूर्व संविधानसभा सदस्य शोभाकर पराजुलीले लोकतन्त्रको जीतका लागि काँग्रेसको विजय अपरिहार्य रहेकाले नेपाली काँग्रेसलाई विजयी बनाउन आह्वान गरे ।

कार्यक्रमलाई बारा क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य उम्मेदवार लालबाबु सिंह, बारा ४ (क) का प्रदेश सभा सदस्य उम्मेदवार ओमकृष्ण कार्की, नेपाली काँग्रेस बाराका नेताहरु नारायण पण्डित, हरि थपलिया, छविलाल शर्मा लगायतले सम्बोधन गरेका थिए ।

तपाईंको प्रतिकृयाहरू