fbpx




नेपालकै होचा कलाकार दिपेन शाहको निधन भएको छ। पारिवारिक स्रोतका अनुसार केही दिनअघि ज्वरो आएर आस्पताल भर्ना भएका शाहको उपचारको क्रममा आज बिहान ७ बजे निधन भएको हो । स्रोतका अनुसार उनको दुई वटै मृगौला र मुटुमा समस्या देखिएको थियो।

दोलखाको भीमेश्वर नगरपालिका मकैवारमिा २०५५ सालमा जन्मिएका २०५५ दिपेन कलाकार हाँस्यचलचित्र ‘छेउ न टुप्पो’ र ‘झ्याइँकुटी झ्याइँ’ मार्फत लोकप्रिय बनेका थिए । उनको उचाई ३१ इन्च मात्र थियो। शाहले ‘सारथी’ नामक चलचित्रबाट अभिनयको यात्रा शुरु गरेका थिए ।

उनी ललितपुरको डाँफे स्कूलमा कक्षा १० मा अध्ययनरत थिए । केही समयअघि उनले विश्वकै सबैभन्दा होँचो कलाकारको रुपमा गिनिज बुक अफ वर्ल्ड रेकडमा नाम लेखाउन प्रयास पनि थालेका थिए ।

उनको स्वास्थ्यमा पहिलेदेखि नै समस्या देखिँदै आएको थियो । यही कारणले उनको परिवार दोलखाबाट काठमाडौँ आएको थियो । कलाकार संघका अध्यक्ष राम किशोर बोगटीले उनको श्रृद्धाञ्जलीका लागि को पाथृव शरीरलाई नेपाल एकाडेमी राख्ने पहल भइरहेको जानकारी दिए । दिपेन शाहलाई हाम्रो पनि श्रदाञ्जली।

तपाईंको प्रतिकृयाहरू