fbpx




न्युयोर्क, कात्तिक ३० (बिबिसी)- विश्व प्रख्यात कलाकार लियोनार्दो दा भिन्सीले बनाएको भनेर विश्वास गरिएको पाँच सय वर्ष पुरानो जेसस क्राइस्टको पेन्टिङ अमेरिकाको न्युयोर्क हालसम्मै उच्च रेकर्ड राख्दै चार सय ५० मिलियन डलरमा बिक्री भएको छ ।

रेकर्ड राख्दै बिक्री भएको पेन्टिङ ‘साल्भाटर मुन्डी’ अर्थात् विश्वको रक्षकका रुपमा चिनिने गरेको छ । कुनैपनि कलात्मक सामाग्री लिलामीमार्फत बिक्री भएको यो हालसम्मको उच्चतम मूल्य हो । न्युयोर्कको क्रिश्चिन अक्सन रुममा लियोनार्दो दा भिन्सीको पेन्टिङ यति ठूलो मूल्यमा बिक्री हुँदै गर्दा खचाखच रहको उक्त कोठमा रहेका सबै मानिस खुसी भएका थिए । विश्व प्रख्यात कलाकार लियोनार्दो दा भिन्सीको सन् १५१९ मा मृत्यु भएको थियो । उनको हाल केवल २० वटा भन्दा कम पेन्टिङ मात्रै बाँकी रहेको बताइन्छ ।

हालसम्मकै रेकर्ड कायम गरेर बिक्री भएको सालभाटर मुन्डी सन् १५०५ पछि पेन्टिङ भएको विश्वास गरिन्छ । लियोनार्दो दा भिन्सीले बनाएका र हालसम्म पृथ्वीमा अस्तित्वमा रहेका पेन्टिङमध्येसर्वसाधारणको व्यक्तिगत हातमा रहेको सालभाटर मुन्डी मात्रै एउटा भएको बताइन्छ ।
न्युयोर्कमा भएको लिलामीमा बोलकवोल सय मिलियन डलरबाट सुरु भएको थियो । अन्तिममा चार सय मिलियन डलरसम्म पुगेको थियो । अन्तिम बिक्री मूल्य चार सय ५० दशमलव ३० मिलियन डलरमा भिन्सीको उक्त पेन्टिङ बिक्री भएको थियो । उक्त पेन्टिङलाई टेलिफोन मार्फत अज्ञात व्यक्तिले किनेको र टेलिफोनमा करिब २० मिनेट कुराकानी भएको बताइएको छ ।

पेन्टिङमा क्राइस्टले एउटा हातमाथि उठाएको देखिन्छ भने अर्को हातमा सिसाको चक्र बोकेको देखिन्छ । यही पेन्टिङ सन् १९५८ मा नै लिलामीमार्फत लन्डनमा त्यसबेला केवल ४५ पाउन्ड स्ट्रेलिङ बिक्री भएको थियो । त्यसबेला यही पेन्टिङलाई लियोनार्दो दा भिन्सीले बनाएको नभई उनका अनुयायीले बनाएको भन्ने हल्ला चलेको थियो । उक्त पेन्टिङ लियोनार्दो भिन्सीले नै बनाएको भनेर अझैपनि विश्वव्यापी रुपमा स्वीकार नगरिएको बिबिसीका कला संवाददाता भिन्सेन्ट डोवडले बताएका छन् । एक जना आलोचकका अनुसार पेन्टिङ निष्किृय, चम्किएको, भयानक, घोटेर सफा गरिरएको र धेरै चोटी पुनः पेन्टिङ गरिएको जस्तो देखिएको र लगातार रुपमा नयाँ र पुरानो जस्तो देखिने गरेको बताएका छन् ।

 

तपाईंको प्रतिकृयाहरू