fbpx




बारा, कात्तिक ३० (नेपालनीति)- बारा क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभाका उम्मेदवार रहेका वर्तमान श्रम तथा रोजगार मन्त्री फरमुल्लाह मन्सुर जितका लागि थप मजबुत भएका छन् ।

आक्रामक चुनावी अभियानमा लागेका सादगी नेता मन्सुरको घरदैलो अभियानका क्रममा एमालेका तर्फबाट साविक भोडहा गाविसका निर्वाचित पूर्व अध्यक्ष भूवाली साह एमाले छोडेर कांग्रेस प्रवेश गरेका छन् । कलैया उपमहानगरपालिका वडा नं २१ मा आयोजना भएको चुनावी अभियानका क्रममा उनी एमाले छोडेर कांग्रेस प्रवेश गरेका हुन् । त्यस क्षेत्रमा भएको कार्यक्रममा बारा क्षेत्र नं ३ का नेपाली कांग्रेसका उम्मेदवार मन्सुरसहित क्षेत्र नं ३ प्रदेश सभाका उम्मेदवार रामानन्द यादव, निर्वतमान सांसद मधु शाही ठकुरी र क्षेत्र नं ६ का नेपाली कांग्रेसका क्षेत्रीय सभापति मुकेश कुशवाहाको उपस्थिति रहेको बाराबाट प्राप्त समाचारमा जनाइएको छ ।

तपाईंको प्रतिकृयाहरू