fbpx




कात्तिक ३०, नेपालनीति

विवेकशिल साझा पार्टिका सह-संयोजक उज्वल थापाको एउटा तस्वीर यतिबेला सामजिक संजालमा भाईरल बनेको छ। उज्वल थापा टेम्पोबाट झर्दै गरेको देखिने उक्त फोटोबारे सामाजिक संजालमा विभिन्न टिकाटिप्पडी गरिएको छ। कतिपयले उक्त फोटोलाई पार्किङ गरिएको टेम्पोमा चढेर फोटो खिचिएको भन्दै उज्जल थापाको आलोचना समेत गरेका छन्। तस्वीर बारे यथार्थता अजै प्रष्ट हुन सकेको छैन। यद्यपि उक्त तस्वीर उज्वल थापा स्वयंले फेसवुकमा राख्दै “जल्नेको मन जलिरहन्छ, उज्जवल थापा चलिरहन्छ” भन्दै लेखेका छन्। घरदेैलोको क्रममा फोटो खिचेको उज्ज्वल स्वंयमले फेसबुकमा लेखेका छन्। तर टेम्पोको अबस्था हेर्दा भिडभाड भएको सडकमा नभई कुनै सामान्य गल्लिको सडकमा फोटो खिचे जस्तो देखिन्छ त्यसैले धेरैलाई उक्त फोटो पार्किङ गरिएको टेम्पोमा खिचिएको भन्ने शंका उत्पन्न भएको छ। यसले उज्वल थापालाई पनि बिगतमा केही नेताहरुको टेम्पो चढेको फोटो फेसबुकमा चर्चा कमाएसंगै टेम्पो मोहले छोएको हो कि भन्ने देखिन्छ।

तस्वीर उज्वल थापाको फेसवुकबाट

तपाईंको प्रतिकृयाहरू