fbpx




काठमाडौ ,  मंसिर १ (नेपालनीति)-

आज बाला चतुर्दशी, पवित्र तीर्थस्थल देवघाटधाममालगायत पशुपतिनाथ मन्दीरमा  सद्बीज छर्नेहरुको भीड लागेको छ । हिन्दु धर्ममा पितृहरुको मोक्ष प्राप्तिका लागि सद्बीज छर्ने चलन रहेको पाइन्छ । यस लोकमा छरेको अन्न पितृहरुको लोकमा अंकुरण हुने र सो बीजका कारण पितृहरुले कहिल्यै भोकै बस्नु नपर्ने भनाइ हिन्दू धर्मशास्त्रमा रहेको छ । देवघाट सद्बीज छर्नेहरुको लागि महत्वपुर्ण स्थलका रुपमा रहि आएको छ ।

देवघाट क्षेत्र विकास समितिका अनुसार आज बिहान देवघाटमा एक लाखभन्दा बढी भक्तजन आएका छन् । बिहीबार दिउँसो २ बजेदेखि भक्तजनले जाग्राम दीप प्रज्वलनका लागि नदी किनार र आश्रम क्षेत्रमा स्थान सुरक्षित गर्न थालेका थिए ।
तनहुँतर्फको वेणी, गलेश्वर आश्रम, मैयादेवी ट्रस्ट, अघोरी आश्रम लगायतका क्षेत्रमा जाग्राम दीप प्रज्वलन गर्नेहरुको भीड लागेको थियो । रातभर जाग्राम बस्ने र बिहान सबेरै नारायणी, कालीगण्डकी नदी किनार हुँदै मठमन्दिर र आश्रमहरु वरपर सद्बीज छर्ने गरिन्छ । देवघाटमा देशका विभिन्न स्थानका साथै भारतलगायत तेस्रो मुलुकबाट पनि भक्तजन सद्बीज छर्न र मेला हेर्न आउने गर्दछन् ।

 

तपाईंको प्रतिकृयाहरू