fbpx




सान्या, मंसिर २ (एजेन्सी)– भारतको हरियाणा राज्यकी मेडिकल विद्यार्थी मानुषी चिल्लर सन् २०१७ को ‘मिस वर्ल्ड’ घोषणा भएकी छिन् ।

चीनको सान्या सहरस्थित सान्या सिटी एरिनामा शनिबार भएको प्रतियोगितामा फाइनलमा एक सय आठ देशका प्रतिस्पर्धीलाई पछाडि पार्दै भारतीय सुन्दरी मानुषीले विश्व सुन्दरीको ताज जितेकी हुन् । २०१७ को मिस वल्र्ड विजेता घोषणा भएकी चिल्लरलाई सन् २०१६ की विश्व सुन्दरी भएकी पियुर्टो रिकोकी स्टेफेन डेल भालेले विश्व सुन्दरीको ताज हस्तान्तरण गरेकी थिइन् ।

शनिबार साँझ चीनको सान्या सहरमा भएको प्रतियोगिताको अन्तिम चरणमा २० वर्षे चिल्लरले ‘हेड टू हेड’ च्यालेन्ज र ‘ब्युटी ह्वीथ पर्पोज’ को शीर्षक पनि जितेकी छिन् ।

चीनको सान्या सिटी एरिनामा भएको ‘मिस वल्र्ड २०१७’ को ग्रान्ड फिनालेमा ताजका लागि प्रतिस्पर्धामा रहेका एक सय आठ देशका सुन्दरीहरुलाई पछि पार्दै भारतीय सुन्दरी मानुषीले बाजी मारेकी हुन् ।

‘प्रतियोगितको फस्ट रनर अप बेलायतकी स्टेफन हिल र सेकेन्ड रनर अप मेक्सिकोकी एन्ड्रिया बनेका छन् । ‘मिस वर्ल्ड २०१७’ मा नेपालको तर्फबाट सहभाभी भएकी मिस नेपाल २०१७ की विजेता निकिता चण्डक भने टप ४० भित्र पर्न भएकी छिन् ।

तपाईंको प्रतिकृयाहरू