fbpx




काठमाडौं, मंसिर ३ (नेपालनीति)-नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री प्रचण्डपुत्र प्रकाश दाहाललाई ‘हार्ट अट्याक’ (हृदयघात) भएको छ ।

दाहाललाई अहिले उपचारका लागि काठमाडौंको नर्भिक अस्पतालमा राखिएको बताइएको छ । दाहाललाई आइतबार बिहान पाँच बजेतिर अचेत अवस्थामा अस्पताल ल्याइएको थियो । पुत्र प्रकाशलाई हृदयघात भएको खबरलगत्तै झापामा रहेका प्रचण्ड आजै काठमाडौं फर्किदैछन् । त्यसैगरी चितवनबाट दिदी रेण दाहालसहित परिवारका अन्य सदस्य पनि काठमाडौं आउँदै छन् ।

 

तपाईंको प्रतिकृयाहरू