fbpx




काठमाडौं, मंसिर ३ (नेपालनीति)-एभरेष्ट बैंकले आफ्ना शेयरधनीलाई ३३ प्रतिशत बोनस सेयर दिने भएको छ ।

बैंक संचालक समितिको बिहीबार बसेको बैठकले सेयरधनीलाई उक्त बोनस सेयर दिने घोषणा गरेको हो । यसैगरी, बैंकले बोनस सेयरमा लाग्ने कर बापतको नगद लाभाशं पनि दिनेछ । बैंकले कर प्रयोजनका लागि १.७४ प्रतिशत नगद लाभाशं दिन लागेको हो । बैंक संचालक समितिले गरेको सो प्रस्ताव स्वीकृतिका लागि राष्ट्र बैंक पठाइने बैंकले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

राष्ट्र बैंकको स्वीकृतिपछि साधारण सभाले पारित गरेर सेयरधनीलाई वितरण गरिनेछ । बोनस सेयर वितरणसँगै बैंकको चुक्ता पँुजी आठ अर्ब १३ करोड रुपैयाँ पुग्नेछ । हाल बैंकको चुक्ता पुँजी ६ अर्ब ११ करोड ५२ लाख रुपैयाँ छ।

तपाईंको प्रतिकृयाहरू