fbpx




डडेल्धुरा मंसिर ३ (एजेन्सी) –
प्रधानमन्त्री शेरबहादुर देउवाले उमेदवारमाथि भएका आक्रमण रोक्न सुरक्षाको व्यवस्था कडा पारिने बताएको छन् ।
नेपाल प्रेस युनियन डडेल्धुराले आज बिहान गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले उम्मेदवारको सुरक्षाका लागि सुरक्षाकर्मी परिचालन गरिएको बताउँदै आफू सोमबार राजधानी फर्केपछि सबैसँग छलफल गरी सुरक्षा व्यवस्था अझै कडा पारिने बताएको छन् ।

“माओवादी विप्लव समूहबाहेक अरु कसैले पनि आतंक मच्चाएको खबर छैन, हमला गर्ने र हमलाको प्रयास गर्नेलाई पक्राउ गरी कडा कारबाही गरिनेछ । सुरक्षा व्यवस्था कडा पारी भव्य रुपमा चुनाव भएरै छाड्छ, यसमा शंका गर्नुपर्ने कुनै कुरा छैन”, प्रधानमन्त्रीले जानाकारी दिएका छन् ।

अर्को प्रसङ्गमा प्रधानमन्त्री देउवाले सरकार र चिनियाँ कम्पनी ‘थ्री गर्जेज’बीच पश्चिम सेती परियोजना निर्माण गर्न लगानी सम्झौता भइसकेको जानकारी दिँदै भने “अब त पश्चिम सेती परियोजना आइसक्यो, थ्री गर्जेज कम्पनी ठूलो कम्पनी हो, धेरै विद्युत् आयोजना परियोजना निर्माण गरिसकेको कम्पनी भएकाले उसमा हाम्रो विश्वास छ ।”
पञ्चेश्वर निर्माणको काम पनि अघि बढेको र केही समयभित्रै भारतीय टोली नेपाल आई आवश्यक प्रक्रिया अघि बढाउने तयारी रहेको जानकारी दिँदै २०४८ सालपछि राजधानीसँग सिंगो सुदूरपश्चिम जोडिएपछि अहिलेसम्म भएका विकासले गति लिएको जिकिर गरे ।
उ “काठमाडाँै– डडेल्धुरा आउँदा जाँदा ११ दिन लाग्थ्यो, म आफंैँ पनि हिँडेर ११ दिनमा डडेल्धुरा पुगेको हुँ, अहिले त गाउँगाउँमा सडक पुगेका छन्, अब यी सबै सडक काँग्रेसकै नेतृत्वमा कालोपत्रे हुन्छन् र यहाँका जनतालाई आर्थिक तवरले समृद्ध बनाइनेछ ।”

 

तपाईंको प्रतिकृयाहरू