fbpx




काठमाडौ, मंसिर ३ (नेपालनीति) । दिवंगत प्रकाश दाहालको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि माओवादी केन्द्रको कार्यालयमा राखिने भएको छ ।

दिउँसो साढे १ बजेदेखि श्रद्धान्जलीका लागि पार्टी कार्यालयमा राखिने र अपराह्न चार बजेपछि पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् । प्रचण्ड पुत्र दाहालको आइतबार विहान असमायिकनिधन भएको थियो । उनको शव अहिले नर्भिक अस्पतालमै छ । झापामा रहेका माओवादी अध्यक्ष प्रचण्ड छोराको निधनको खबर पाए लगतै काठमाडौं आएका छन् ।

अन्य आफन्तहरू र राजनीतिक दलका नेताहरू समेत प्रकाशको निधन भएपछि काठमाडौं केन्द्रित भएका छन् ।

तपाईंको प्रतिकृयाहरू