fbpx




काठमाडौं, मंसिर ३ (नेपालनीति)- राष्ट्रपति विद्या भण्डारीले पुत्रशोकमा रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेटेकी छन् । प्रचण्डलाई भेट्न राष्ट्रपति आफैं लाजिम्पाट पुगेकी थिइन् ।

 

झापामा रहेका प्रचण्ड छोराको निधनको खबर पाए लगतै हेलिकोप्टरबाट काठमाडौं आएका थिए । उनी अस्पताल नगई निवास पुगेका थिए, जहाँ राष्ट्रपतिले भेटेर समवेदना व्यक्त गरेकी छन् । दिवंगत प्रकाश दहालको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि माओवादी केन्द्रको कार्यालयमा राखिने भएको छ ।

तपाईंको प्रतिकृयाहरू