fbpx




वासिङट्न, मंसिर ३ (एजेन्सी)-अमेरिकाका उच्च आणविक कमान्डरले यदि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गैर कानुनी रुपमा आणविक हतियार प्रहार गर्न आदेश दिए भने उनको आदेश नमान्ने बताएका छन् ।

क्यानडाको नोभा स्कोटियास्थित हालिफ्याक्स् इन्टरनेसनल सेक्युरिटी फोरममा आयोजित एक कार्यक्रममा उपस्थित भएका दर्शकलाई सम्बोधन गर्दै अमेरिकाको स्ट्राजेटिक कमान्डका एयर फोर्स जनरल जोन हाइटेनले ट्रम्पले आणविका प्रहारको निर्देशन दिए भने के के गर्न सकिन्छ भनेर विभिन्न विचार प्रस्तुत गरेका थिए । ‘मलाई लाग्छ केही मानिसले हामीलाई मूर्ख सोच्न सक्छन्’ ट्रम्पले आणविक हतियार प्रयोग गर्न आदेश दिने बारेको सम्भाव्यातालाई लिएर गरिएको एक प्रश्नको उत्तरमा हाइटनले बताए । ‘हामी मूर्ख हैनौं । हामी आणविक हतियार प्रयोग गर्ने बारे धेरै पटक सोच्छौं । यदि तपाईंसँग यही सोच्ने बारे जिम्मेवारी छ भने तपाईं कसरी यस बारेमा नसोचि बस्न सक्नुहुन्छ? उनले प्रतिप्रश्न गरे ।
अमेरिकाको आणविक हतियार व्यवस्थापनको प्रमुख जिम्मेवारी भएका हाइटनले राष्ट्रपतिले दिने आणविक हतियार प्रयोगसम्बन्धी निर्देशन कार्यान्वयनको विविध चरण हुने बताए ।

‘अमेरिकाको स्ट्राजेटिक कमान्डको प्रमुखको हैसियतमा मैले राष्ट्रपतिलाई सुझाव प्रदान गर्छु, र उनले के गर्ने भन्ने बारेमा मलाई निर्देशन दिन्छन्,’ क्यानडामा आयोजना भएको कार्यक्रमको आयोजक संस्थाको फेसबुक पेजमा पोष्ट गरिएको एउटा भिडियोमा उनले प्रतिक्रिया जनाएका छन् । ‘यदि राष्ट्रपतिले दिएको आदेश गैरकानुनी छ भने सोच्नुहोस् त के हुने छ? म राष्ट्रपति ट्रम्पलाई भन्छु,‘राष्ट्रपतिज्यू, यो गैर कानुनी छ ।’ र सोच्नुहोस् उनले के भन्नेछन्? उनले के चाहिं कानुनी हुन्छ भनेर सोध्नेछन् । त्यसपछि हामी विकल्पसहित आउनेछौं । त्यस्त विकल्पमा जस्तोसुकै अवस्थाको पनि प्रतिक्रिया जनाउन मिल्ने खालको सम्भावना हुनेछ । अनि यस्तै माध्यमले मात्रै काम गर्नेछ । यस्तो कार्य गर्न जटिल पनि हुनछैन ।

राष्ट्रपतिले दिने गैरकानुनी आदेशसँग कसरी प्रतिक्रिया दिने भन्ने परिस्थितिले जनाउने बताउँदै उनले भने यदि तपाईं गैरकानुनी कार्यकारी आदेश मान्नुहुन्छ, तपाईं जेल जानुहुन्छ । तपाईंको बाँकी उमेरभर तपाईं जेल जान सक्नुहुन्छ । हाइटनले क्यानडाको एक कार्यक्रममा दिएको यस्तो प्रतिक्रियालाई लिएर अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले तत्कालै कुनै प्रतिक्रिया जनाएको छैन । उत्तर कोरियाले जारी राखेको आणविक तथा क्षेप्यास्त्र कार्यक्रमले शत्रुता बढाउन सक्नेतर्फ इंगित गर्दै डेमोक्र्याट्सहितका अमेरिकाका सिनेटर र ट्रम्पका रिपब्लिकन सहकर्मीले पनि ट्रम्प प्रशासनलाई युद्ध छेड्न, आणविक हतियार प्रयोग गर्न वा अन्तर्राष्ट्रिय सम्झौतामा सहभागि हुन दबाब दिएपछि हाइटनको पछिल्लो प्रतिक्रिया आएको फ्रान्सेली समाचार एजेन्सी एएफपीले जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लो समय उत्तर कोरियाका शासक किम जोङ उनविरुद्ध गाली बेइज्जती र चेतावनीको भाषा बोलिरहेका छन् । केही महिना अघि भएको संयुक्त राष्ट्रसंघीय महासभामा अमेरिकी राष्ट्रपति ट्रम्पले सम्बोधनका क्रममा दुई करोड २६ लाख नागरिक भएको उत्तर कोरियालाई अमेरिकाले पूर्ण रुपमा ध्वस्त बनाइदिने चेतावनी दिएका थिए । अमेरिकाका केही सिनेटरहरुले अमेरिकी राष्ट्रपतिमा निहित रहेको आणविक अधिकारलाई परिवर्तन गर्न विधेयक ल्याउन माग गरिरहेका छन् । यसै विषयमा संसदीय सुनुवाईका लागि अमेरिकामा करिब चार दशकपछि अमेरिकी राष्ट्रपतिको आणविक हतियार प्रहार गर्न सक्ने अधिकार परिवर्तनका लागि मंगलबार पहिलो संसदीय सुनुवाई हुँदैछ ।

 

तपाईंको प्रतिकृयाहरू