fbpx




मंसिर ४, काठमाडौं (नेपालनीति)

विश्व बालअधिकार दिवसको अवसर पारेर नेपालको पुरानो शैक्षिक धरोहर त्रिचन्द्र कलेजमा रक्तदान कार्यक्रमको आयोजना गरियो। त्रिचन्द्र युथ रेडक्रस सर्कलले कलेज प्राङ्गणमै एक समारोहबीच रक्तदान कार्यक्रमको आयोजना गर्यो। रक्तदान नै जीवनदान हो। रगतको अभावले कोही मानिस मर्न नपरोस र उपत्यकामा रगतको उपलब्धतालाई सन्तुलनमा राख्नको लागि रक्तदान कार्यक्रम आयोजना गरिएको त्रिचन्द्र कलेज युथ रेडक्रस सर्कलला पुर्व अध्यक्ष राजन भण्डारीले बताए।

हामीले पटक पटक रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएका छौ। यस पटक पनि विश्व बालअधिकार दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको त्रिचन्द्र रेडक्रसले बताएको छ। राजधानिको धेरै बिधार्थी सङ्ख्या भएको कलेज भएकाले पनि रक्तदाताहरुको उपस्थिति सधैं राम्रो हुने गर्दछ त्रिचन्द्र कलेजमा। विहान १० बजे देखि ४ बजेसम्म संचालन भएको रक्तदान कार्यक्रममा ४ महिला र ४९ पुरुष गरि जम्मा ५३ जनाले रक्तदान गरेको त्रिचन्द्र रेडक्रस सर्कलकि सदस्य सृजना सुवेदीले जानकारी दिईन्।

तपाईंको प्रतिकृयाहरू