fbpx




रोल्पा, भदौ ३० – रोल्पा जिल्लाको थवाङ गाउँपालिकाका अध्यक्ष वीरबहादुर घर्ती मगर अपहरणमा परेका छन् ।

उवा घर भएका घर्ती थवाङ–२ स्थित ससुराली घरमा सुतिरहेको बेला बिहीबार राति ११ बजे अपहरणमा परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी विरेन्द्र थापाले जानकारी दिएका छन् । उनलाई १०–१२ जनाको समूहले अपहरण गरेको डिएसपी थापाले जनाएका छन् । विप्लव नेतृत्वको नेपाल कम्युष्टि पार्टीका कार्यकर्ताले थवाङमा शनिबार आयोजना हुन लागेको गाउँसभा उद्घाटनमा माओवादी अध्यक्ष प्रचण्ड जाने कार्यक्रमलाई प्रभावित बनाउन उनको अपहरण गरिएको हुनसक्ने बताइएको छ ।
स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा माओवादी केन्द्रबाट उम्मेदवार रहेका उनले काँग्रेस, विप्लव नेतृत्वको नेकपालगायत दलको गठबन्धन उम्मेदवारलाई हराउँदै पालिका अध्यक्ष जितेका थिए ।

 

तपाईंको प्रतिकृयाहरू