fbpx




कलैया, मंसिर ५ ( नेपालनीति) –

श्रम तथा रोजगार मन्त्री एवम बारा क्षेत्र नं. ३ का प्रतिनिधि सभाका उम्मेदवार फरमुल्लाह मंसुरले टांगियाबस्तीमा देखिएको समस्यालाई नेपाली कांग्रेसले समाधान गर्ने बतायका छन्।
जीतपुर सिमरा उमहानगरपालिका १६ को टांगीयाबस्तीमा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै श्रम मन्त्री मंसुरले भने हामी माथि बिश्वास गर्नुस त्यसको समस्या समाधान हामी गर्छौ । नेकपा एमाले र माओवादी केन्द्रलाई विगत तिन दशक देखि विश्वास गर्नु भयो उसले केही गर्न सकेन मन्त्री मंसुरले अब तपाईहरुको समस्या नेपाली कांग्रेसले मात्र गर्न सक्छ । वाम गठबन्धनहरुले धेरै झुठो सपना देखाएर मत लिएर गयो तर विकास गर्न सकेको छैन नेपाली कांग्रेसमाथि विश्वास गर्नुस विकास पनि हुनछ समस्या पनि समाधान हुनछ । दोस्रो अन्र्तराष्ट्रिय विमान स्थल टांगीयाबस्तीमा नै निमार्ण हुने भएकोले नेपाली कांग्रेसलाई मत दिएर विजयी बनाउनुस बस्तीलाई स्थानान्तरण गरी उचित क्षतिपुर्ति नेपाली कांग्रेसले दिलाउंछ । जसरी सिमरा र पथलैयावासीलाई खानेपानी, अस्पतालको निमार्ण मैले गराए त्यसरी नै टांगीयाबस्तीको पनि समस्या सामाधान गर्नेछु ।

मन्त्री मंसुरले पथलैयाबासी सुकुकबासीहरुलाई लालपुर्जा दिलाएको थिए त्यसरी नै टांगीयाबस्तीको समस्यालाई समाधान गर्नेछु । वाम गठबन्धनका उम्मेदवारहरुले गांउ घरमा मदारी देखाउने जस्तै नया चटक लिएर मदारी देखाउन आंउछन त्यसको नया चटकमा नपर्न आग्रह गर्दै मन्त्री मंसुरले भने पहिला वाम गठबन्धनका उम्मेदवारहरुले विभिन्न थरिका मदारी देखाएर गए तर विकास गर्न सकेन तपाईहरु नेपाली कांग्रेसले जे भन्छ त्यो गर्छ ।

 

तपाईंको प्रतिकृयाहरू