fbpx




कलैया, मंसिर ५ (नेपालनीति)-

राष्ट्रिय युवा परिषद सदस्य, अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य एवम पुर्व सांसद पुरूषोतम पौडेलका स्वकिय सचिव प्रवेज आलम अंसारी सहित नेकपा एमाले र संघिय समाजवादी फोरम नेपाल परित्याग गरी एक हजार एक सय भन्दा बढी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
नव प्रवेशीहरूलाई स्वागत गर्दै श्रम तथा रोजगार मन्त्री एवम बारा क्षेत्र नं ३ का प्रतिनिधि सभाका उम्मेदवार फरमुल्लाह मंसुर, ३ को १ का प्रदेश सभाका उम्मेदवार रामानन्द यादव, पुर्व सांसद मधु शाही ठकुरीले अबिर माला लगाई स्वागत  गरे ।
कार्यक्रममा क्षेत्र नं. ३ को १ का प्रदेश सभाका रामानन्द यादव, पुर्व सांसद मधु शाही ठकुरी, नेपाली कांग्रेसका जिल्ला सचिव मनोज भट्ट, ईमानसिंह तामाङ्ग, बुद्धी वाईवा लगायतकाले चुनावी सभामा सम्बोधन गरेका थिए । चुनावी सभामा नेकपा एमाले र माओवादी परित्याग गरी अमृता तामाङ्ग, अमिर थिङ्ग, मुनाबहादुर आले, बाबु मगर, रेखा आले मगर, सागर मगर, सुरज मगर, विजय मगर, चाईना तामाङ्ग, विराज मगर, राज श्रेष्ठ, सचिन खड्का गरी तिन सय ५० भन्दा बढी नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।

 

तपाईंको प्रतिकृयाहरू