fbpx




काठमाडौं, भदौ ३०
चिलिमे जलविद्युत कम्पनीका दुई सहायक कम्पनीले साधारण सेयर निष्कासन गर्ने भएका छन् ।
चिलिमेका दुई कम्पनी रसुवागढी र साञ्जेन जलविद्युत कम्पनीले साधारण सेयर जारी गर्न लागेका हुन् । रसुवागढीले कर्मचारी सञ्जयकोषका सञ्चयकर्ता र लगानीकर्ता निकायका कर्मचारीलाई पहिलो चरणमा एक करोड ६४ लाख २१ हजार ४० कित्ता साधारण सेयर जारी गर्ने तयारी गरेको हो । साधारण सेयर जारी गरेर एक अर्ब ६४ करोड २१ लख चार हजार बराबर रकम जोहो गर्ने तयारी गरिएको बताइएको छ ।
नेपाल–चीन सीमा नजिक कूल एक सय ११ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माणको क्रममा रहेको छ । आयोजनामा चिलिमे जलविद्युत् कम्पनीको ३३ प्रतिशत, नेपाल विद्युत् प्राधिकरणको १८ प्रतिशत, नेपाली नागरिकको १५ प्रतिशत, स्थानीय प्रभावितको १० प्रतिशत, कर्मचारी सञ्चय कोष लगायतको १९.५ प्रतिशत र अन्यको ४.५ प्रतिशत सेयर रहने बताइएको छ । कम्पनीको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल, एआइबिएल क्यापिटल, ग्लोबल आइएमई क्यापिटल र एनसिएम मर्चेन्ट बैंकिङ लिमिटेड रहेका छन् ।
चिलिमेको सहायक कम्पनी साञ्जेनले साधारण सेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले ८७ लाख ६० हजार कित्ता साधारण सेयर जारी गर्न लागेको छ । यसले नागरिक लगानी कोषलाई बिक्री प्रबन्धक तोकेको छ ।

तपाईंको प्रतिकृयाहरू