fbpx




सोल, भदौ ३० (एजेन्सी)– संयुक्त राष्ट्र संघले पारित गरेको नयाँ नाकाबन्दीमा सहयोग र समर्थन गरेको भन्दै उत्तर कोरियाले जापानलाई ‘खतम’ पार्ने धम्की दिएको छ ।
गत साता शक्तिशाली क्षेप्यास्त्र परीक्षण गरेपछि राष्ट्र संघ सुुरक्षा परिषदले उत्तरमाथि कडा नाकाबन्दी लगाएको छ । यसैको प्रतिक्रिया दिँदै उत्तरले जापान र अमेरिकाविरुद्ध कडा धम्की दिएको रोयटर्सले जनाएको छ ।
रोयटर्सका अनुसार आफ्नो सरकारी एजेन्सी केएनसिएमार्फत् उत्तरले जापानलाई ‘डुबाइदिने’ र ‘अन्धकारमय’ बनाउने धम्की दिएको हो । यसका लागि आफूहरुले परमाणु हतियार प्रयोग गर्ने पनि उत्तरले बताएको छ ।
संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले गरेको निर्णयलाई ‘पैसामा बिकेका देशहरुले अमेरिकाको आदेश पालना गरेका’ भन्दै उत्तरले राष्ट्रसंघबाट बाहिरिने पनि भनेको छ ।
‘हाम्रो छेउमा जापानको अस्तित्व चाहिँदैन । यसलाई परमाणु बमद्वारा सागरमा डुबाइनुपर्छ,’ प्योङयाङको कोरिया एसिया प्यासिफिक पिस कमिटीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
उत्तरले ‘गद्दार’ भन्दै दक्षिण कोरियालाई पनि धम्क्याएको छ ।लबुधबार मात्रै दक्षिण कोरियाले पनि उत्तर कोरियाली राष्ट्रपति किम जोङ उनको ‘शिर छेदन’ गर्ने टोली तयार गरिरहेको बताएको थियो । दक्षिणले यो प्रचार किमलाई तर्साउन गरेको बताइएको छ ।
साउथ चाइना सी, कोरिया र ताइवानसम्मको पहुँच हुनसक्ने सामरीक महत्व भएको गुवाम टापुमा अमेरिकी हवाइ सैन्य अड्डा छन् ।
उत्तरले पहिलेदेखि नै गुवामाम आक्रमणको धम्की दिद ैआएकोमा केही साताअघि जापानी आकाश हुँदै एक क्षेप्यास्त्र प्रहार गरेको थियो । उक्त क्षेप्यास्त्र गुवाम नजिकै समुद्रमा पड्केको थियो । यसलाई उसले अमेरिकाविरुद्ध सैन्य कारबाहीको पहिलो कदम भनेपछि तनाव झनै चर्किएको छ ।
आफूलाई शक्तिशाली देखाउन उत्तरले आठ वर्षदेखि बारम्बर क्षेप्यास्त्रहरु परीक्षण गर्दै आएको छ ।

 

तपाईंको प्रतिकृयाहरू