fbpx




कलैया, ६ मंसिर (नेपालनीति)- श्रम तथा रोजगार मन्त्री एवम नेपाली कांग्रेसबाट बारा क्षेत्र नं. ३ प्रतिनिधि सभाका उम्मेदवार फरमुल्लाह मंसुरले बुधबार विहान घरदैलो कार्यक्रममा स्थानीयहरुसंग कुराकानी गर्दै मुलुकको भलो गर्ने पार्टी नेपाली कांग्रेसलाई आम जनताहरुले रोजेको बताएको छन्।
कलैया उपमहानगरपालिकाको वडा नं. ६ र ९ मा आयोजना गरिएको घरदैलो कार्यक्रममा सम्पुर्ण समुदायको हक अधिकारलाई सुनिश्चित नेपाली कांग्रेसले गरेकोले जनताहरुले कांग्रेसलाई रोजेको बताए। नेपाली जनताहरुलाई फकाउनको लागि नेकपा एमाले र माओवादी केन्द्रले वाम गठबन्धन गरेपनि वाम गठबन्धनलाई कदापि पनि नस्विकारी जनताहरुले कांग्रेसलाई नै रोजेको बताउनुभयो । नेपाली कांग्रेससंग प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा पराजित हुने अवस्था देखिएपछि वाम गठबन्धन गरेको बताएका हुन । वहांले जनताले मुलुकमा विकास, आर्थिक स्मृद्धि चाहेको छ, त्यसलाई नेपाली कांग्रेस एक मात्र पार्टी जनताको त्यो सपना सकार गर्छ । मन्त्री मंसुरले भने त्यही विकासको लहर ल्याएको कांग्रेसको पक्षमा जनलहर आएको छ । जनताले कांग्रेसको पक्षमा जनलहर ल्याएकोले बढी भन्दा बढी अहिलेको निर्वाचनमा कांग्रेसको सिट आउने ठोकुवा गर्नुभयो । घरदैलो कार्यक्रममा मन्त्री मंसुर सहित क्षेत्र नं. ३ को २ का प्रदेश सभाका उम्मेदवार जयचन्द्र चौरसिया, कांग्रेसका नगर सभापति पुरुषोतम सिंह पाण्डे, प्रवेज आलम अंसारी लगायतकाको सहभागिता रहेको थियाे ।

तपाईंको प्रतिकृयाहरू