fbpx




लमजुङ, मंसिर  ( नेपाल नीति) – लम्जुङमा जन समाजवादि पार्टीका प्रतिनिधि सभा तथा प्रदेश सभाका उम्मेद्वारहरुले आफ्नो उम्मेद्वारी फिर्ता गर्दै बाम गठबन्धनलाई समर्थन गर्ने सहमति गरेका छन् ।

माओवादी केन्द्र लमजुङका तर्फबाट कमल खड्का र पुष्प खनाल तथा जनसमाजवादी पार्टीका तर्फबाट बुद्धिमान परियारले हस्ताक्षर गरेको सहमति पत्र अनुसार जन समाजवादी पार्टी नेपालका प्रतिनिधिसभाका उम्मेद्वार निराजन कुँवर बिरेन्द्र) तथा सोहि पार्टीका प्रदेशसभाका उम्मेद्वार — बुद्धिमान परियार र हर्के सार्कीले उम्मेद्वारी फिर्ता लिदै बाम गठबन्धनका प्रतिनिधि सभाका उम्मेद्वार देव प्रसाद गुङग र बाम गठबन्धनकै प्रदेशसभाका उम्मेद्वारहरु — धनन्जय दवाडी ( क्षेत्र नं. १ ) तथा पृथ्वीसुब्बा गुरुङ (क्षेत्र नं. २) लाई समर्थन गर्ने सहमति भएको कुरा उल्लेख गरिएको छ ।

तपाईंको प्रतिकृयाहरू