fbpx




काठमाडौं, मंसिर १० (नेपालनीति)-प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि पहिलो चरणअन्तर्गत हिमाली र पहाडी ३२ जिल्लामा मतदान सुरु भएको छ ।

निर्वाचन आयोगका अनुसार बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजेसम्म जारी रहने छ । दुवै सभाका लागि प्रत्यक्षतर्फ ७ सय २ उम्मेदवार प्रतिस्पर्धामा छन् । प्रतिनिधिसभा सदस्यका लागि २ सय ६६ पुरुष र १६ महिला उम्मेदवार छन् । त्यस्तै प्रदेशसभा सदस्यका लागि ४ सय पुरुष र २० महिला उम्मेदवार मैदानमा छन् ।

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले यो निर्वाचन संविधान कार्यान्वयको महत्वपूर्ण कडीका रुपमा रहेकाले सबै मतदातालाई मतदानमा सहभागी हुन अपिल गरेका छन् । पहिलो चरणको निर्वाचनबाट दुवै सभाका लागि १ सय ११ जना निर्वाचित हुनेछन् । प्रतिनिधिसभातर्फ ३७ सदस्य र प्रदेशसभातर्फ ७४ सदस्य चुनिनेछन् । पहिलो चरणको निर्वाचनमा मतदाताको संख्या ३१ लख ९१ हजार ९ सय ४५ छ । त्यसमध्ये १६ लाख ९१ हजार ९ सय ४५ पुरुष र १५ लाख ८६ हजार ५ सय २ जना महिला रहेका छन् । मतदानका लागि ३२ जिल्लामा २ हजार ९ सय १९ मतदानस्थल र ४ हजार ४ सय ६५ मतदान केन्द्र कायम गरिएको छ ।

 

तपाईंको प्रतिकृयाहरू