fbpx




थवाङ, मंसिर १० (नेपालनीति)-२०७० सालमा भएको संविधानसभाको दोस्रो निर्वाचनमा एक मत पनि नखसेको रोल्पाको थवाङवासीले आइतबारको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा के गर्लान् भनेर चौतर्फी चासोको विषय बनेको छ ।

निर्वाचन सुरक्षाका दृष्टिले अत्यन्तै संवेदनशील मानिएको थवाङमा सुरक्षा व्यवस्था अत्यन्तै कडा बनाइएको छ । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको बाहुल्य रहेको थवाङको सुरक्षा व्यवस्था चुस्त बनाएको स्थानीय प्रशासनले जनाएको छ । सशस्त्र प्रहरीको एसएसपीसहितको टोली, नेपाली सेनाको विषेश टोली र नेपाल प्रहरीको टोली थवाङ खटिएका छन् ।

 

‘यहाँ मत खस्दैन, खस्यो भने पनि जुन संख्यामा सुरक्षाकर्मी छन् त्यो संख्याको आधा पनि खस्दैन,’ एक स्थानीयले भने, सुरक्षा संवेदनशील क्षेत्र होइन, राज्यले मानेको मा हो, स्वनिर्णयको अधिकार त थवाङीको छ नि !’

 

तपाईंको प्रतिकृयाहरू