fbpx




काठमाडौं, मंसिर १०  (नेपालनीति)- मध्यमाञ्चलको पहाडी जिल्ला रामेछापमापनि बिहान ९ बजेर ५० मिनेटको समयसम्म शान्तिपूर्ण तरिकाले निर्वाचन भइरहेको छ । एउटा प्रतिनिधिसभाको क्षेत्र र दुईवटा प्रदेश सभा क्षेत्र रहको रामेछापमा बिहान ७ बजेदेखि नै मतदाता उत्साहपूर्ण रुपमा निर्वाचनमा सहभागी भएको नेपालनीतिका रामेछाप प्रतिनिधि ध्रुवकुमार बस्नेतले जनाएका छन् ।

छिमेकी जिल्ला दोलखाको जामुने मतदान केन्द्रमा तनाव भएको खबर बाहिरिँदै गर्दा रामेछापमा भने शान्तिपूर्ण तरिकाले मतदान भइरहेको बताइएको छ । रामेछापमा वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभामा श्यामकुमार श्रेष्ठ र प्रदेश सभा ‘क’मा शान्तिराम पौडेल र ‘ख’मा कैलाश ढुंगेल उम्मेदवार रहेका छन् भने नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभामा पूर्ण बहादुर तामाङ ‘कान्छाराम’ र प्रदेशसभा ‘क’ मा रत्नबहादुर कार्की र ‘ख’मा मानबहादुर मगर उम्मेदवार रहेका छन् ।

 

तपाईंको प्रतिकृयाहरू