fbpx




काठमाडौं, मंसिर १० (नेपालनीति)– ह्यावीवेट उम्मेदवार रहेको लमजुङमा शान्तिपूर्ण तरिकाले मतदान भइरहको छ ।

बिहान १० बजेर १० मिनटेसम्म लमजुङमा उल्लासपूर्ण रुपमा निर्वाचन भइरहेको अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य कमल खड्काले बताए । एउटा निर्वाचन क्षेत्र रहेको लमजुङमा वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका पदाधिकारी सदस्य देव गुरुङ र नेपाली कांग्रेसका तर्फबाट दिल बहादुर घर्ती चुनावी मैदानमा रहेका छन् । त्यसैगरी प्रदेशसभातर्फ वाम गठबन्धनबाट ‘क’ मा धनञ्जय दवाडी र ‘ख’ मा नेकपा एमालेका सचिव पृथ्वी सुब्बा गुरुङ र नेपाली कांग्रेसका तर्फबाट प्रदेश ‘क’ मा गर्ज बहादुर गुरुङ र ‘ख’ मा कृष्ण कोइरालाबीचमा कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

देव गुरुङले मनाङबाट मतदान गर्दैछन् भने पृथ्वी सुब्बा गुरुङले जिल्लाको चोला सोत्तर गाउँपालिका र धनञ्जय दवाडीले विचौर गाउँपालिकाबाट मतदान गरेको अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य कमल खड्काले नेपालनीतिलाई बताए ।

 

तपाईंको प्रतिकृयाहरू