fbpx




बेइजिङ, मंसिर १० (बिबिसी)– पूर्वी चीनको बन्दरगाह सहर निङ्बास्थित एउटा कारखानामा ‘ठूलो विस्फोट’ हुँदा कम्तीमा दुईजनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएको अधिकारीहरुले बताएका छन् ।

स्थानीय समयअनुसार बिहान नौ बजे निङ्बा सहरको जियाङबेई जिल्लामा रहेको एउटा कारखानामा विस्फोट हुँदा नजिकै रहेका केही भवनसमेत ढलेको बिबिसीले उल्लेख गरेको छ । उद्दारकार्य जारी रहँदा कम्तीमा ३० जनालाई स्थानीय अस्पतालमा लगिएको राज्य सञ्चालित सञ्चारमाध्यमलाई उल्लेख गर्दै बिबिसीले जनाएको छ ।

सरकारी टेलिभिजन सिसिटिभीका अनुसार प्रत्यक्षदर्शीले ’ठूलो संख्यामा’ मानिसहरु घाइते भएको बताएका छन् । टेलिभिजनलगायतमा सार्वजनिक भएका फुटेजमा उद्दारकर्ताले भत्किएका भवनका भग्नावशेषका क्षेत्रबाट मानिसलाई उद्दार गर्दै लगेको देखिएका छन् । चीनमा उद्योग कलकारखानामा हुने दुर्घटना सामान्य भइसकेका छन् र राम्रो सुरक्षा प्रवन्धको तयारी चीनले गरिरेहेको छ । चीन सरकारले विस्फोट भएको क्षेत्रलाई अनुसन्धानको घेरामा राखेको जनाउँदै सुरक्षामा कमी गर्नेलाई कडा सजाय दिने बताएको छ । चीनका कलकारखानामा भएको दुर्घटनामा सन् २०१७ मा सन् २०१६ को भन्दा करिब २५ प्रतिशते कमी आएपनि सोही वर्ष मात्रै पनि कम्तीमा २९ हजार कामदारले ज्यान गुमाएका थिए ।

विस्फोटका कारण बारे अनुसन्धान भइरहेको चिनियाँ प्रहरीले सामाजिक सञ्जालमार्फत जनाएको छ । निङ्बोमा ठूलो संख्यामा अन्तर्राष्ट्रिय सिपिङ पोर्ट रहेका छन् र निङ्बो उसको मोटर गाडी निर्माण गर्ने कारखानाका लागि प्रसिद्ध रहेको छ । निङ्बो चिनियाँ भोल्भो मालिकको विश्वप्रसिद्ध ब्यान्ड ‘जिली’ को पनि घर हो ।

चीनको सञ्चारमाध्यमका अनुसार विस्फोट भएको औद्योगिक क्षेत्रमा नजिकै रहेका आवासीय भवनहरु योजनाबद्ध रुपमा ध्वस्त पार्ने उद्देश्यका साथ पहिले नै खाली गसिसकिएको थियो । केही स्थानीय सञ्चारमाध्यमले विस्फोटको कारण ग्यास चुहावट हुनसक्ने बताएका छन् । विस्फोट भएको क्षेत्रबाट एक किलोमिटर परसम्मका भवनका सिसाका झ्याल फुटेको बताइएको छ ।

तपाईंको प्रतिकृयाहरू