fbpx




गुजरात, मंसिर ११ (बिबिसी)– सन् २०१४ मा भारतको प्रधानमन्त्री बनेदेखि नरेन्द्र मोदीले देशलाई स्वच्छ बनाउने उद्देश्यले आफ्नो सरकारलाई अगाडि बढाइरहेका छन् । प्रधानमन्त्री मोदीको यस्तो योजनाले उनकै गृहनगरमा भने कस्तो प्रगति ग¥यो भन्ने विषयमा बिबिसी हिन्दीकी पत्रकार प्रियंका दुवेले भ्रमण गरेर मोदीको गृहनगरका महिलाले एउटै मात्रै आवश्यकता चाहेको देखियो, त्यो हो शौचालय ।

पत्रकार दुवे जब पश्चिमी भारतीय राज्य गुजरातको भादनगर पुगिन्, त्यहाँ उनले प्रधानमन्त्री मोदीको चमकदार र बढी हल्ला गरिएको महत्वकांक्षी ‘स्वच्छ भारत अभियान’ ले केही नछोएको देखियो । गुजरात राज्यको मेहसाना जिल्लास्थित भादनगर नगरपालिका त्यो नगरपालिका हो जहाँ भारतका वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी जन्मिएका थिए र आफ्नो बाल्यकाल बिताएका थिए । अहिले यस क्षेत्र ऐतिहासिक महत्वका रुपमा पर्यटकीय स्थलका रुपमा विकास गरिएको छ ।

गुजरातको रोहित भास क्षेत्र जहाँ दलित समुदायको ठूलो जनसंख्या रहेको छ, पत्रकार दुवेले ‘तपार्इं भादनगर वाइफाइ क्षेत्रमा प्रवेश गरेको’ भन्ने सन्देश प्राप्त गरिन् । सरकारले सर्वसाधारणका लागि दिएको वाइफाईले राम्रो काम गरेको पाइए पनि पत्रकार दुवेले शौचालयको बारेमा सोधिन्, विषयवस्तु फरक भयो ।

छात्रा विद्यार्थीको समूहले पत्रकार दुवेलाई नजिकै रहेको एउटा ग्राउन्डमा लगिन् जहाँ उनीहरु प्रत्येक दिन बिहान शौच गर्ने गर्छन् । वास्तविकता अझै रोचक छ, रोहित भासमा अझैपनि महिला र पुरुषका लागि फरक फरक दुई वटा ग्राउन्ड छन् जहाँ शौच गर्ने गरिन्छ । यस्तो लाग्छ भारतको ग्रामीण क्षेत्रमा शौचालय निर्माणका लागि सरकारले छुट्याएको एक करोड ९० लाख भारतीय रुँपैयाकाको कोष प्रधानमन्त्री मोदीको आफ्नै गाउँसम्म पुगेको छैन । ३० वर्षे दक्सा बेनले दिसापिसाब जहिले पनि खुला क्षेत्रमै गरिने गुनासो गरिन् ।

‘साना बालबालिकासहित हाम्रा वयस्क किशोरीहरुपनि दिशापिसाबका लागि खुला चौरमा जानुपर्छ । हामीसँग बस्नका लागि घरसमेत छैन । हामीलाई न त कुनै घर दिइन्छ न शौचालयका बारेमा सोध्न कोही नै आएका छन्,’ उनले बिबिसीलाई बताइन् । निर्मला बेनले थप्दै भनिन् मोदी सरकारले वासस्थतान बनाइदिन्छु भनेर गरेको वाचा पूरा गरेको छैन । ‘हामीले हाम्रो शिरमाथि छाना पाउने छौं र शौचालय पनि पाउने छौं भनेर प्रतिबद्धता गरिएको थियो । तर हामीले घर र शौचालय दुवै पाएनौं,’ उनले बताइन् । सन् २०१४ मा भारतको प्रधानमन्त्री भए पछि सन् २०१७ को अक्टोबर ८ का दिन प्रधानमन्त्री मोदीले पहिलो पटक आफ्नो गृहनगरको भ्रमण गरे । ‘अब नयाँ निर्वाचन आउन लागेको छ, मोदीले हामी र आफ्नो पुरानो गृहनगर सम्झेका छन् । नभए कोही पनि यहाँ आएका पनि थिएनन् र हाम्रो समस्या सुनेका पनि थिएनन्,’ उनले बताइन् । यस क्षेत्रका बासिन्दाले यो नगरपालिकाका करिब ५ सय घरमा रहेका करिब ३० हजार मानिस शौचालयको पहुँचभन्दा बाहिर रहेको बताएका छन् । जसमध्ये अधिकांश दलित र तल्लो जात भनिने मानिसको रहेको बताइएको छ ।

भारतीय सरकारले भादनगरलाई ऐतिहासिक पर्यटकीय क्षेत्र बनाउने उद्देश्यसहित केही समय अघि मात्रै ५५ अरब भारतीय रुँपैया बराबरको कोष स्थापना गरेको थियो । जसमा आधुनिक चिकित्सालय र प्राविधिक सुविधा हुने बताइएको छ । सरकारको यस्तो घोषणाले प्रत्येक दिन बिहान खिया लागेको रातो टिनको भाँडोमा पानी बोेकेर खुला खेतमा शौच गर्न जाने ७० वर्षे मानी बेन जस्ता महिलालाई भने खासै फरक नभएको बिबिसीले जनाएको छ । कतिपय महिलालाई त सरकारले भादनगरमा गरको घोषणाका बारेमासमेत थाहा छैन । कतिपय महिलाले त उनीहरु आफ्नो घरमा पक्की शौचालय बनेको हेर्न चाहिरहेको बताएका छन् ।

प्रधानमन्त्रीलाई केही सन्देश छ भनेर बिबिसीले गरेको प्रश्नमा उनीहरुले शौचालय निर्माणको माग गरेका छन् । यो मुद्दा निर्वाचनमा ठूलो विषय हुने उनीहरुले बताएका छन् । ‘खुला ठाउँमा शौच गर्नु पर्ने बाध्यताका कारण हामीहरु अपमानित हुनु परिरहेको छ,’ एक महिलालाई उल्लेख गर्दै बिबिसीले जनाएको छ ।

 

 

तपाईंको प्रतिकृयाहरू