fbpx




काठमाडौँ,  मंसिर ११ (एजेन्सी) – पूर्वसभामुख तथा नेपाली काँग्रेसका नेता दमननाथ ढुंगानाले राजनीतिलाई पेशा नबनाउन दलका नेतासँग आग्रह गरेका छन् । काठमाडौँ,  मंसिर ११ (एजेन्सी) – पूर्वसभामुख तथा नेपाली काँग्रेसका नेता दमननाथ ढुंगानाले राजनीतिलाई पेशा नबनाउन दलका नेतासँग आग्रह गरेका छन् ।
नेपाली काँग्रेस, बालकोट इकाइ समितिद्वारा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले राजनीति कमाइ गर्ने पेशा नभई सामाजिक सेवा भएकाले राजनीतिबाट कमाउन चाहनेले राजनीतिलाई प्रदूषित हुनबाट जोगाउनुपर्ने बताए चुनावीसभामा उपस्थित जनसमुदायलाई सम्बोधन गर्दै उनले निर्वाचनमा हारजित जुनसुकै पक्ष विपक्षको भए पनि राजनीतिभित्र भ्रष्टाचार मौलाउँदै गएकाले नैतिक चरित्र बोकेका नेतालाई मतदान गर्न आग्रह गरेका छन् ।
उनले  निष्ठा,  पारदर्शिता र चरित्रवान नेताको समाजमा अभाव देखिएकाले नेताप्रति जनताको विश्वास घट्दै गएको बताए ।
नेपाली काँग्रेसको नेतृत्वमा लोकतान्त्रिक गठबन्धन भक्तपुर क्षेत्र नं २ मा प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारसमेत बनेका पूर्वसभामुख ढुंगानाले माओवादी र सरकारबीच मध्यस्तकर्ता भई माओवादीलाई वार्तामा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए मंसिर २१ गते मुलुकभर हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सन्दर्भमा यहाँ आयोजित चुनावीसभालाई सम्बोधन गर्दै ढुंगानाले खर्चालु चुनावलाई नरोक्ने हो भने युवा भ्रष्ट हुने र कालान्तरमा समाजमा निष्ठाको राजनीति हराउँदै जाने बताए ।
उनले राजनीतिमा देखिएको विकृतिलाई हटाउन, संविधान र संघीयता कार्यान्वयन गर्न र छुटेका विषयलाई संविधानमा उल्लेख गरी भ्रष्टाचारमुक्त समतामूलक समाजको निर्माणका लागि आफू नेपाली काँग्रेसको उम्मेदवार भएको बताए ।
त्यसैगरी सो समारोहमा भक्तपुरको प्रदेशसभा (सूर्यविनायक) –१ को लागि नेपाली काँग्रेसबाट उम्मेदवार बनेका । युवा नेता अंगत खड्काले भक्तपुरमा देखिएको बेरोजगार समस्यालाई समाधान गर्न आफूले एक युवा स्वरोजगार कोष स्थापन गरी विकास निर्माणमा अघि बढ्ने बताए ।
भक्तपुरको क्षेत्र नं २ मा  प्रतिनिधिसभातर्फ  लोकतान्त्रिक गठबन्धनबाट पूर्वसभामुख दमननाथ ढुंगाना र वाम गठबन्धनबाट पूर्वमन्त्री महेश बस्नेतको उम्मेदवारी परेको छ भने नेकपाबाट अनुराधा थापा मगरको । ढुंगाना पूर्वसभामुख, बस्नेत पूर्वमन्त्री हुन् भने थापा निवर्तमान सांसद हुन् ।
सो क्षेत्रमा मध्यपुर ठिमी नगरपालिका र सूर्यविनायक नगरपालिका पर्छ । उक्त क्षेत्रमा कूल ८३ हजार ९३१ मतदाता रहेका छन् । क्षेत्र नं २ अन्तर्गतको प्रदेश नं १ (सूर्यविनायक) मा लोकतान्त्रिक गठबन्धनबाट अंगत खड्का र वाम गठबन्धनबाट शशिजंग थापा, एवं नेपाल मजदुर किसान पार्टीबाट सरोजराज गोसाइ चुनावी मैदानमा छन् ।

तपाईंको प्रतिकृयाहरू