fbpx




भद्रपुर, मंसिर १२ (नेपालनीति) नेपाली कांग्रेसका नेता एवं झापा क्षेत्र नं. ३ प्रतिनिधिसभा सदस्य उम्मेदवार कृष्णप्रसाद सिटौलाको झापास्थित घरमा बम विष्फोट भएको छ ।

 

सदरमुकाम चन्द्रगढीस्थित घरको पछाडिपट्टि कम्पाउन्डमा सुतली बम विष्फोट भएको हो । बम विष्फोटबाट पर्खाल भत्किएको छ । गएराति करिब १२ः४५ को समयमा बम विष्फोट भएको थियो । सो समयमा नेता सिटौला परिवारका सदस्यहरुसहित घरभित्रै थिए । बम विष्फोटमा संलग्न भएको आशंकामा शंकास्पद एकजनालाई पक्राउसमेत गरेको झापा प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृयाहरू