fbpx




पाल्पा, मंसिर १२ (एजेन्सी ) – पाल्पा बगनासकाली गाउँपालिका–१, घोरबन्दाका कुमाल बस्तीका बासिन्दा अझै टुकीको भरमा रात बिताउन बाध्य छन् ।

गरिबीको कारण कुमाल बस्तीका १० घरपरिवारमा अझैसम्म टुकीको भरमा रात बिताउनुपर्ने बाध्यता छ । छोराछोरीलाई टुकीको उज्यालोमा रातमा पढ्दा आँखा तथा श्वासप्रश्वास समस्या हुने गरेको छ ।

घोरबन्दाकी ज्ञानीसरा कुमालले पोल टाढा रहेकाले २०० मिटर तार ल्याउन, विद्युत्का सामान, विद्युत्को वाइरिङका लागि खर्च जुटाउन नसक्दा घरमा बिजुली बाल्न नसकेको बताइन् ।

“अरूको घरमा बिजुली बलेको हेर्छु । तानसेनमा बल्छ, आफ्नो घरमा यो जुनीमा बिजुली नबल्ने नै भयो, अर्को जुनीमा बिजुली बल्ला”, कुमालले गुनासो पोखे सदरमुकाम तानसेनसँग जोडिएको यो बस्ती रहे पनि आर्थिकरूपमा विपन्न भएकाले माछा मारेर उनीहरूले जीविकोपार्जन गर्नुपर्ने बाध्यता छ ।

श्रीमान् बिरामीले ग्रस्त बनेको ज्ञानीसराका दुई छोरा, एक छोरी, श्रीमान्–श्रीमती गरी पाँचजनाको परिवारको लालनपालन र शिक्षादीक्षाका लागि खर्च जुटाउन समस्या भएको छ ।

 

तपाईंको प्रतिकृयाहरू