fbpx




नैरोबी, मंसिर १२ (बिबिसी)– दोस्रो कार्यकालका लागि वर्तमान राष्ट्रपति उहुरु केन्याटाको सपथ ग्रहणपूर्व केन्याको राजधानी नैरोबीमा सुरक्षा व्यवस्था अत्यन्तै कडा बनाइएको छ ।

केन्याटा पुनः राष्ट्रपति भएकोमा खुसी भएका केन्याली जनताले उनको सपथ ग्रहण हुने रंगशाला भरिएका छन् तर केन्याको प्रहरीले सिट भन्दा बाहिर बस्न्े खोजेका उनका समर्थकलाई भने सम्भावित दुर्घटनाबाट बचाउने हटाएको बिबिसीले उल्लेख गरेको छ । केन्याटाले धाँधली गरेको राष्ट्रपतीय निर्वाचन जितेको आरोप लगाउँदै आएको केन्याको विपक्षीहरुले आयोजना गरेको ¥याली रोक्नका लागि सहरको अन्य भागमा समेत दंगा प्रहरीलाई ठूलो मात्रामा खटाइएको छ । केन्याका विपक्षी नेता तथा राष्ट्रपति पदका उम्मेदवार राइला ओडिङ्गाले केन्याटाको सपथ ग्रहण समारोह बहिस्कार गरेको बिबिसीले जनाएको छ ।

उनले गत महिना भएको पुनः राष्ट्रपतीय निर्वाचन पनि बहिस्कार गरेका थिए र केन्याटा कानुनसम्मत रुपमा विजयी नभएको बताउँदै आएका छन् । अक्टोबर २६ मा भएको राष्ट्रपतिको पुनः निर्वाचनमा केन्याटाले आधिकारिक रुपमै खसेको मतको ९८ प्रतिशत मत ल्याएर निर्वाचन जितेका थिए । उक्त निर्वाचनमा केवल ३८ प्रतिशत मतदाताले मात्रै मतदान गरेका थिएनन् । अगस्ट ८ मा भएको राष्ट्रपतीय निर्वाचनलाई केन्याको सर्वोच्च अदालतले धाँधली भएको भनेर ठहर गरेपछि अक्टोबर २६ मा पुनः निर्वाचन भएको थियो ।

नैरोबीमा को छन्?
राष्ट्रपति केन्याटाको सपथका लागि तोकिएको नैरोबीस्थ्ति कासारानी खेलकूद रंगशालामा सिट बिना नै प्रवेश गर्न खोजेपछि प्रहरीले अश्रुग्यास प्रहार गर्दै र लाठी चार्ज गर्दै उनीहरुलाई बाहिर निकाल्न खोजेपछि रंगशाला बाहिर तनाव उत्पन्न भएको बिबिसीले जनाएको छ ।
इच्छुक मानिस सपथ ग्रहण समारोहमा प्रवेश गर्न नपाएपछि दशौं हजार मानिसले कार्यक्रम हेर्न सकुन् भनेर रंगशाला बाहिर ठूलो स्क्रिन राखिने प्रतिबद्धता प्रशासनले जनाएपनि त्यसको व्यवस्था नभएको फ्रान्सेली समाचार समिति एएफपीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।
‘म राष्ट्रपति उहुरु केन्याटालाई हेर्न चाहन्छु किनभने मैले उनलाई भोट गरेको छु,’ रंगशालामा प्रवेश गर्न नपाएर रिसाएका मध्येका एक जानेट वाम्वुवालाई उद्धृत गर्दै एएफपीले जनाएको छ । उनले आफूहरुलाई प्रहरीले किन बल प्रयोग गरिरहेको छ भनेर प्रश्न पनि गरेका छन् ।

सपथ ग्रहण हुने रंगशाला प्रांगणमा निम्त्याइएका विदेशी प्रतिनिधिले भने शान्तपूर्वक आफ्नो सिटमा बसेको र वातावरण सहज देखिएको बिबिसीले जनाएको छ । सपथ ग्रहण कार्यक्रममा सहभागी भएकाको स्वागतका लागि सांगीतिक कार्यक्रम र सैन्य परेडसमेत देखाइएको छ । केन्याटाको सपथ ग्रहण कार्यक्रममा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु, युगान्डाका राष्ट्रपति योएरी मुसेभेनी र रुवान्डाका राष्ट्रपति पल कागामे पनि सहभागी रहेको विश्वास गरिएको छ ।

तपाईंको प्रतिकृयाहरू